अर्घाखाँची डट कम संवाददाता (दिल्ली)
भारतको राजधानी दिल्ली स्थित रोजगारी पेशामा रहेका अर्घाखाँची डट कम भारतका प्रतिनिधि पत्रकार बाबु रोका मगरले गितकार राहुल अधिकारीको शब्दमा बनेको गित “अर्घाखाँची घर” लोक दोहरीमा निर्देशकको काम गरेका छन् गितकार राहुल अधिकारिले हाल अहिले सम्म १२ वटा लोक तथा दोहरी गीतहरुमा शब्द संकलन गरिसकेका छन् भने बाबु रोका मगरले दिल्लीमै गत महिना झबिन्द्र थापाको आधुनिक एल्बम “ओझेल” मा निर्देशक तथा मोडलको रुपमा काम गरिसकेका छन् बाबु रोकाको यो दोश्रो भिडियो लोक दोहरीको हुनेछ |
चर्चित लोक दोहरी गायक रामजी खाँड र गायिका टिका पुनको आवाजमा अर्घाखाँचीको कान्छो र बुटवलकी कान्छी बिचको माया लाइ “अर्घाखाँची घर सितापुर झरन चाहन्छु तिम्रो सिउदो भरन” बोलको गित र अभिनय लाइ क्यामेरामा कैद गरिसकेका छन् |
शुटिंग दिल्ली हरियाणा राज्यका विभिन्न स्थानहरुमा गराइने बाबु रोकाले बताएका छन् उक्त म्युजिक भिडियोमा गीतकार राहुल अधिकारि, स्वयम् बाबु रोका मगर,माया लामा, सरगम खतिवडाहरुको अभिनय रहने छ चार जनाको दुइ जोडीले दर्शक हरुलाई कति मनोरंजन दिन सक्ने हुन यसको लागि धेरै प्रतीक्षा गर्नु नपर्ने अधिकारीले बताउदै त्यसैमा कुरा थप्दै भने यसपछि तिजको गित पनि दिल्ली मा नै निर्माण गर्ने पुरा तयारि भएको जानकारी | शुटिंग निर्माण पछि सो भिडियोलाइ तुरुन्तै दर्शक माझ प्रदशर्न गराइने गितकार राहुल अधिकारिले मिडिया लाइ बताए सो भिडियोलाई निर्माण गर्न राजु न्युपाने, नन्दु घिमिरे, हरि रोका मगर र अर्जुन थापा को बिशेष सहयोग रहेको छ भने नारायण अधिकारीको छायांकन रहेको छ |
दिल्ली हरियाणाको ५० डिग्री तापक्रममा कुनै प्रवाह नगरी सबै कलाकार साथिहरु र सहयोगी मित्रहरुको अथाह सहयोगमा भिडियो शुटिंग सम्पन्न गरिएको बाबु रोकाले बताए |