मृगौला पिडित श्यामकला रोकालाई जीवन रक्षाको लागि सहयोगको अपिल

बाबु रोका मगर 
दाङ्ग जिल्ला लमही नगरपालीका वडा नम्बर ११ नेवासी ४५ बर्षीय श्यामकला रोकालाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर ले मृगौला बिरामीको अन्तिम चरण भएको प्रमाणित गरेको छ | 
सुरुमा बिमार थाहा नलाग्दा सम्म नेपालका मुख्य मुख्य अस्पतालहरु र भारतको लखनउ सम्म उपचारमा लागिरहदा धेरै रकम खर्च भैसकेको छ बिमार थाहा लागेको करिब डेढ बर्ष हुदा सम्म पनि आर्थिक र मृगौला दान गर्ने मानिसको अभावको कारण हप्तामा दुइ पटक डायलाइसिस गर्दै जीवन मृत्यु संग संघर्ष गरिरहनु भएको छ मृगौला प्रत्यारोपण नगरे सम्म (CAPD) गर्न प्रति महिना बिस देखि तिस हजार सम्म खर्च लाग्ने भएको हुदा उहाको जिवन रक्षाको लागि सम्पूर्ण समाजसेवी बुद्दिजिबि ब्यापारी तथा सहयोगी मन हुनु भएकाहरुलाई यसै समाचार मार्फत सहयोगको अपिल गरिएको छ |
को हुन त श्यामकला रोका ? श्यामकला खासमा प्युठान जिल्ला बिजुली गाबिस वडा नम्बर ८ निवासी निस्वार्थ समाजसेवी हुनुहुन्छ उहाँले गाउ छिमेक र जिल्लामा आफ्नो ठुलो योगदान दिनुभएको प्युठान जिल्ला लगायत अर्घाखाँची र दाङ्ग जिल्लमा उहाको राम्रो पहिचान रहेको छ उहा जस्ता समाजसेवी अहिलेको समाजलाई नित्यान्तै आबश्यक छ समाजसेवी भएर मात्रै बचाउनु पर्छ भन्न खोजिएको होइन यहा मानवताको हैसियतले पनि जो सुकै पिडितलाई सहयोग गरि उनीहरुको जिवन र परिवारमा खुशी दिलाउन सक्नु पनि तपाइहामिहरुको सहायोग र कर्तब्य पनि हो |   
सहयोग गर्न चाहनुहुने महानुभावहरुले दिएको सम्पर्क नम्बर र खाता नम्बरमा आफु सक्दो आर्थिक सहयोग गरी पुण्य कामाउनुहोस | 
श्रीमान को नाम बेगम बहादुर ठेडी 
बैंक खाता राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय लमही दाङ्ग (नेपाल)
429001346310
सम्पर्क 
नेपालमा बेगम थापा +977-9866913303
दुवैमा रेशम रोका +971-558925733
भारतमा बाबु रोका मगर +91 9871485836,8130294625

अन्य समाचारहरु