साउदी अरब (अर्घाखाँचीडट्कम) प्रबासी नेपाली
मंच, साउदी अरबले संगठन बिस्तार गर्ने क्रममा हालै दमामको प्रथम क्षेत्रीय अधिबेशन
सम्पन्न गरेको छ । जेन कुमार लामाको स्वागत भाषण र क्षेत्रीय इन्चार्च ऋषिराम भट्टराईको
अध्यक्षतामा सपन्न भएको सो अधिबेशनलाई प्रमुख अथितिको आशनबाट शुभकामना दिदै काबा
अध्यक्ष परशुराम मिश्रले समसामयिक देशको
राजनैतिक परिस्थितिको बारेमा प्रष्ट पारेका थिए । शुभकामना
मन्तब्य दिदै मंचका उपाध्याक्ष राजेन्द्र खत्रीले प्रबासमा बसेर
मंचले खेल्नु पर्ने भूमिकाको बारेमा र महासचिब राजु खनालले संगठनात्मक सचिब अमर
श्रेष्ठ ले मजदुरहरुको समस्या र समाधान र कोषाध्यक्ष छोटु थापाले आर्थिक
पारदर्सिताको बारेमा बोलेका थिए ।

त्यसैगरि सोहि
अधिबेशनलाई नरेन्द्र बेलबासे, राम बहादुर
क्षेत्री, ओम घले, राज तामांग,कमल खरेल,नन्दलाल सुबेदी लगायतले अधिबेशन सपलाताको
शुभकामना मन्तब्य दिएका थिए ।

उदघाटन सत्र र
बन्द सत्र गरि अधिबेशन दुई चरणमा सपन्न
भएको थियो । अधिबेशनको बन्दसत्रले राजनैतिक र आर्थिक प्रतिबेदन पारित गर्नुको साथै
सर्बसहमतिबाट अनुप नेपालीको अध्यक्षतामा दमाम क्षेत्रीय कमिटी निर्माण गरेको छ । जसको उपाध्याक्ष
इश्वर बुढाथोकी सचिब नबिन कुमार सेवान सह सचिब योगेन्द्र कुइकेल र कोषाध्यक्ष विजय
सोनाम रहेका छन् । यसैगरि सदस्यहरुमा सुरेश भट्टराई, कुनाल मण्डल, इश्वर तामांग, दिल कुमार श्रेष्ठ, राजकुमार नेपाली र हरि केसी
रहेका छन् ।
सो अधिबेशन सफल
पार्नको लागि जेन लामाले हल र खाना किसोर थापा (थकाली खाना घर)ले सौजन्य गरेका थिए ।




