राजु खनाल
साउदी अरब (अर्घाखाँचीडट्कम) भनिन्छ खेलडीहरु राष्ट्रको गहना हुन राष्ट्रका गौरब हुन। उनीहरु देश भित्रको कुनै
जिल्ला वा क्षेत्रको हुँदैनन बिसुद्धरुपमा देशको सम्पत्ति हुन्छन। उनीहरु आफ्नो
भबिस्य हत्केलामा राखेर राष्ट्रको गौरबको लागि मैदानमा निस्वार्थ भावले लडिरहेका
हुन्छन। राष्ट्रको गौरबको लागि शिक्षालाई समेत बेवास्ता गरी छातीमा देशको नक्सा
बोकेर आँखामा मातृभूमीको मुस्कान देखेर बिदेशमा वा स्वदेशमा राष्ट्रको नाम
सगरमाथाको चुचुरोमा पुर्याउन लागिपरेका हुन्छन।कतिपय खेलाडीहरु
आर्थिक अभाबका कारण रोजगारको सिलसिलामा बिदेसियका हुन्छन । र आफ्नो खेलको प्रदसन गर्न
पाएका हुदैनन् ।
यसैलाई मध्यनजर राख्दै साउदी अरबको दम्माममा दम्माम स्पोर्टस क्लबले अहिले
सम्मकै उच्च पुरस्कार राशिको अन्तर नेपाली भलिबल प्रतियोगिताको आयोजना गर्दै छ ।

नेपाली नेपालीहरु बीचको आत्मीयतालाई बढवा दिन र एक आपसमा दुखसुख बाडनुको साथै
खेलाडीहरु बीच लुकेर बसेको खेल प्रतिभालाई बाहिर ल्याउनु खेलको मुख्य उधेस्य रहेको
दम्माम स्पोर्ट्स क्लबका अध्यक्ष कमल खरेल बताउछन ।
आउदो जुलाई ७ तारिखका दिन दम्मामको इशाम
कब्यानी क्याम्पमा सुरु हुने उक्त भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ५००१ एस आर
(रु १ लाख बयालीस हजार पाच सय) द्वीतीय पुरस्कार ३००१ एस आर (रु ८५ हजार पाच सय )
र तृतीय पुरस्कार १५०१ एस आर (रु ४२ हजार सात सय ) सहित प्रमाण पत्र, ट्रफी र सिल्ड
समेत रहेको उक्त भलिबल प्रतियोगितामा २५ टिमले भाग लिने र ४ हजार दर्सकले खेल
हेरेर मनोरञ्जन लिने अध्यक्ष खरेल बताउछन ।
यो क्लबले सन् २००८ देखि भलिबल, फुटबल र अन्य रचनात्मक कामहरु गर्नुका साथै
दुख पाएका नेपालीहरुलाई आर्थिक सहयोग समेत गरेको छ ।
साउदी अरबमा करिब ६ लाख नेपालीहरु कार्यरत छन् ।



