बुटवल: आवाशिय कपडा हस्तान्तरण तथा आर्थिक सहयोग

बुटवल, ५ असार । अपाङ्गता उत्थान संमन्वय समिति दयानगर गाविसको आयोजानमा अपाङ्गता भएका व्याक्तिहरुको लागि आवाशियक कपडा तथा आर्थिक सहयोग प्रदान गरिएको छ । आईतबार दयानगरगाविसको छपियामा एक कार्यक्रमको आयोजना गरि  ५३ जना अपाङ्गता भएका व्याक्तिहरुलाई आवाशिय कपडाहरु प्रदान गरिएको हो ।
 अपाङ्गता उत्थान गाविस संमन्वय समितिका अध्यक्ष तथा गाविस सचिव कमला प्रसाद यादवको अध्यक्षतामा भ एको कार्यक्रममा अपाङ्गता उत्थान संमन्वय समितिका केन्द्रीय अध्यक्ष निलकण्ड पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अपाङ्गता उत्थान संमन्य समितिका गाविस उपाध्यक्ष टेक बहादुर घले, विश्वम्बर यादव, उज्जल विक्रम शाह, हरी बहादुर थापा, श्रीराम थापा, दुखि प्रसाद यादव,  पिताम्बर पाल, जगन्नाथ तिवारी, सिता मरासेनी लागायतले बोल्दै अपाङ्गता हुदैमा कोही पनि व्याक्ति कमजोर नहुने बताएका थिए ।
कार्यक्रममा  बुटवल-९ दिपनगरका समाजसेवी शरिधर घिमिरेले २५ हजार रुपैयाँ, स्थानिय  समाजसेवीहरु हरि बहादुर थापाले ५ हजार, विश्म्बर यादवले ५ हजार, श्रीराम यादवले १ हजार रुपैया सहयोग गरेका थिए ।

अन्य समाचारहरु