आतंककारीको आत्मघाती बम विष्फोटमा मारिएका नेपालीको शव ल्याउन पहल सुरु

काठमाडौं,
अफगानिस्तानको राजधानी काबुलमा तालिबान आतंककारीको आत्मघाती बम विष्फोटमा
मारिएका नेपालीको शव ल्याउन सरकारले पहल सुरु गरेको छ ।

शव ल्याउन,
घाइतेको अवस्था बुझ्न र अरु नेपालीको सुरक्षा अवस्थाबारे जानकारी लिन
पाकिस्तानस्थित दूतावासबाट नेपाली अधिकारीहरु काबुलतर्फ गएका छन् ।

आज विहानै पाकिस्तानस्थित दूतावासबाट कार्यवाहक राजदूत काबुलतर्फ जानुभएको
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए ।
 
तालिबान आतंकारीको आक्रमणमा हिजो १२ जना नेपाली र नेपाली मूलका २ भारतीय
मारिएका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार घटनामा परी मारिनेमा मधुसुदन कोइराला,
डम्बरबहादुर तामाङ र लीलबहादुर गुरुङ नुवाकोटका तथा चन्द्रबहादुर राना मगर,
बिदुरबहादुर बहादुर सुवेदी क्षेत्री र हरिबहादुर बडुवाल क्षेत्री काठमाडौंका रहेका छन् ।

यस्तै,
अमृतबहादुर थापा लमजुङ,
कृष्णबहादुर ढुंगाना चितवन,
सुपबहादुर गुरुङ स्याङ्जा,
जितेन्द्र सिंह थापा रुपन्देही,
नवीनसिंह क्षेत्री पर्वत र अकुल तामाङ सुनसरी पनि मारिएका छन् ।

नेपाली सुरक्षागार्ड चढेको मिनी बसमा पैदल यात्रीले गराएको आत्मघाती बिस्फोटमा
परी उनीहरु मारिएका हुन् । मारिने साब्रे सेक्युरिटी कम्पनी मार्प
mत काबुलस्थित
क्यानेडेली दूतावासमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए ।

जलालावादस्थित क्याम्पमा जाँदै गर्दा गराइएको विष्फोटमा घाइते भएका सात जनाको
स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सुरक्षा गार्ड चढेका दुई वटा गाडी मध्ये एउटा
गाडी निस्केपछि अर्कोमा आत्मघाती बिस्फोट गराइएको थियो ।

यता,
संसदमा सरकारले काबुलमा नेपाली मारिएको घटनालाई मानवता विरोधी अपराधको संज्ञा
दिएको छ ।

परराष्ट्र मन्त्री कमल मन्त्री थापाले घटनाबारे संसदलाई जानकारी दिंदै मृत्यु
भएकाको शव स्वदेश ल्याउन र घाइतेको उपचार लगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित
कार्यवाहक राजदूतलाई निर्देशन दिईसकिएको उल्लेख गरे ।
इमेजखबरमा खबर छ