संविधान कार्यन्वयनका लागि पनि काग्रेंसकै नेत्रित्व आबश्यक: महामन्त्री कोइराला

अर्जुन खनाल/भारत-  सविधान नेपाली काग्रेसको नेत्रित्वले जारी गरेको र त्यसको कार्यन्वयनलाई पनि कांग्रेसकै नेत्रित्व आबश्यक पर्ने नेपाली काग्रेसका महामन्त्री डा. शशाकं कोइरालाले बताउनु भएको छ । नेपाली जन संपर्क समिति भारतको केन्द्रीय बैठक र मध्य भारत क्षेत्रले आयोजाना गरेको खुल्ला आमसभा बोल्दै उहाले सो धारणा राख्नु भएको हो  । नेपाली कांग्रेसका माहामंत्री, सांसद एवं बिपी पुत्र शशांक कोइराला हालै भारतको भोपालमा भएको नेपाली जनसंपर्क समिति भारतको केन्द्रीय बैठक एवं प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथीका रुपमा बोल्दै सो भनाइ ब्यत्त गर्नुभएको हो । कोइरालाले नेपाली जनसंपर्क समितिका केन्द्र क्षेत्र र आमंत्रित प्रतिनिधीहरुलाइ प्रशिक्षण दिनु भएको थियो । 
 
मध्य भारत क्षेत्रका अध्यक्ष नरिनारायण पन्तको अधयक्षतामा भएको खुल्ला सभालाइ संबोधन गर्दै कांग्रेस माहामंत्री शशांक कोइरालाले प्रबासमा रहेका नेपालीहरु प्रति खुसी प्रकट गर्दै हरेक लोकतान्त्रिक आन्दोलनमा  प्रबाशी नेपालीको ठुलो भूमिका रहेको स्मरण गर्नुभयो । प्रवासमा हुने अत्याचार दमन शोषण हत्या हिंशा र नारी बेचबिखन बिरुद्ध नेपाली जनसंपर्क समिति भारतको हरेक सकरात्मक कदममा आफुले पूर्ण साथ दिने भन्दै नेपाली जनसंपर्क समितिलाइ अज मजबुत बनाएर अगी बढन अनुरोध गर्नु भयो । 
सरकारले राम्रो गरेन 
नेपालको संधर्भमा सरकार अहिले निकै निर्दयी भएको र सरकार स्वयं आफै बिचलित रहेको भन्दै कम्युनिष्टबाट नेतृत्व गरी चार-चार प्रधानमंत्री आउदा समेत देशले संबिधान पाउन नसकेको बताउदै नेपाली कांग्रेस नेतृत्व प्रधानमंत्री शुसिल कोइरालाले संबिधान घोषणा गरेको र संबिधानलाइ कार्यनयन गर्न पनी नेपाली कांग्रेसकै नेतृत्व चाहिने बताउनु भयो ।
मधेश अहिले आन्दोलित छ , मदेशी जनताको र पाहडी जनताको हित हुनेगरी नेपाली कांग्रेसले मधेश समस्या हलकाका लागी कार्य गरिरहेको उहाले बताउनु भयो । 
धर्म निरपेक्षताको सम्बन्धमा डा.कोइरालाले नेता हरुले डलरमा रमाएर ८५% नेपाली जनताबाट आएको हिन्दु राष्ट्रको सुझाबलाई नसुनेको बताउनु भयो । भारत र चिन नेपालका घनिष्ठ मित्र राष्ट्र भएको बताउदै दुबै राष्ट्र संग प्रारस्पारिक मित्रता बढाएर अगी बढन सरकार नसेकेको र प्रधानमंत्री ओलीले पटक पटक बिबादित बयान दिएर झनै संकट निम्ताएको उहाको जिकिर थियो । कोइरालाले नेपाललाई भारत भन्दा चिन संग बढी खतरा भएको दावी गर्नु भयो । माहात्मा गान्धी र माओत सेतुङ्गको नाम लिदै यी दुबै नेताका बिचमा निकै लोकपपृय बन्नु भएका बिपी कोइरालाले २०१६ सालमा निकै सौहार्द मित्रता स्थापित गरी तिनै देशका जनताको भलो का निमित्त समाजबादी चिंतन लागु गरेको उहाको भनाइ थियो । 
सरकारको बार्षिक बजेटमा गीत गाउँने र बजाउने भन्दा नाच्ने नृत्यको नाटक जस्तो भएको टिप्पणी गर्नुभयो । ठुलो बजेट ल्याउदा जनतामा कस्तो असर पर्छ या पर्दैन भन्ने सरकारले सोच्नु पर्ने कुरा हो । आर्थिक बजेट भद्धा रुपमा ल्याइयो बजेट आउदाकै दिनबाट इन्धनको आकासियो जुन अंतराष्ट्रिय क्षेत्रमा कतै बृद्धि भएको छैन । 

नयाँ प्रवेश
सोही अवसरमा भारतमा रहेका बिभिन्न संगठन छोडी १ सय ५० जाना नेपाली जनसंपर्क समितिमा प्रबेश गरेका थिए । भोपालमा मुल प्रबाहा नेपाली एकता समाज , प्रबाशी नेपाली संग परित्याग गरी नेपाली जन संपर्क समितिमा प्रबेश गर्ने संपुर्णलाइ उहाले कटिबद्ध भयर लाग्न अनुरोध गर्नुभयो । 
भोपालमा रहेका नेपाली जन संपर्क समितिका केन्द्रीय सल्लाहाकार प्रमुख डोलराज भण्डारी , समाजसेबी एवं समितिका केन्द्रीय सदस्य डोलराज गैरे , प्रबक्ता जगन्नाथ पौडेल ,लिलामणी पाण्डे र नरिनारायण पंथको हरुले त्यहा रहने नेपालीहरुको हकहित सुरक्षाको सकरात्मक भएर पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरेका थिए । संपुर्ण नव प्रवेशीहरुलाई संबोथन गर्दै बिषेश अथिती नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रकाश सरण महत र अर्का केन्द्रीय सदस्य एवं सांसद दीपक गिरी, ट्रेड यूनियन कांग्रेसकी नेतृ रिता खनाल, समितिका पुर्ब अध्यक्ष महेन्द्र शर्मा भुषालले शुभकामना दिनु भएको थियो । 
समितिको केन्द्रीय बैठक अध्यक्ष बालकृष्ण पाण्डेको अध्यक्षता र माहामंत्री नारायण भुषालको संचालनमा भारतभरका हरेक राज्यमा रहेका केन्द्रीय पदाधिकारीहरुको ठुलो उपस्थिति थियो । केन्द्रीय बैठकमा बिधान संसोधन निति र निर्देशिका आर्थिक गतिबिधी पेश गर्दै केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे आउदा दिनमा समितिको बिकासकालागी सबैलाई बिना बिबाद अगि बढन निर्देशन दिनुभएको थियो ।