
चितवनको नारायणगढ मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ गाविस ६ स्थित सडकमा खसेको ठूलो पहिरो हटाइएपछि
अहिले १०ः३० बजेबाट यातायात सञ्चालनमा आएको छ ।
तेह्र घन्टापछि सडकको पहिरो पन्छाएर बाटो
खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उक्त सडकको चार किलो र पाँच
किलोको बीचमा गएराति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको थियो ।

दुई वटा डोजरले पहिरो पन्छाएर बाटो खुलाएको
जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
बाटो खुलेसँगै नारायणगढबाट काठमाडौँ तथा
पोखरा आवतजावत गर्ने सवारीहरु गन्तव्यतर्फ जान थालेका छन् ।

बाटो खुलाइए पनि गाडीको लामो लाइन भएकाले सहज
हुन केही घन्टा लाग्ने जनाइएको छ । सडक बन्द भएपछि मुग्लिन र चितवनको आँपटारी
क्षेत्रमै गाडी रोकिएका थिए । (रासस)




