डा. रामवरण यादबको घरभाडा राष्ट्रपति कार्यालयले भुक्तानी गर्ने

काठमाडौं, राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति डा। रामवरण यादवको
घरभाडा भुक्तानी गर्ने भएको छ । भाडा लिन आउन घरधनीलाई शुक्रबार खबर गरिएको राष्ट्रपति
कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिए ।

राष्ट्रपति कार्यालयले
घरधनी रविभक्त विष्टलाई कर कट्टा गरी कात्तिकदेखि असारसम्मको घरभाडा १२ लाख ३९
हजार चार सय रुपैयाा भुक्तानी दिन लागेको हो । चेक तयार भइसकेको छ
, घरधनीलाई भाडा लिन बोलाएका छौ, सहायक प्रवक्ता आचार्यले भने, सायद आइतबार आउनुहुन्छ होला । पूर्वराष्ट्रपति डा. यादव ललितपुर बागडोलका रविभक्त विष्टको
घरमा भाडामा बस्दै आएका छन् । मन्त्रिपरिषद्को २६ चैतको बैठकले अर्को व्यवस्था
नभएसम्मका लागि पूर्वराष्ट्रपति यादवले प्रयोग गर्दै आएको निवासको भाडा
, विद्युत् तथा खानेपानी महसुल भुक्तानी राष्ट्रपति कार्यलयले
मिलाउने निर्णय गरेको थियो ।

रकम अर्थ मन्त्रालयले राष्ट्रपति कार्यालयलाई निकासा
दिने निर्णय मन्त्रिपरिषद्को थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार घरभाडा भुक्तानी
अर्थ मन्त्रालय वा राष्ट्रपति कार्यालय कसले गर्ने भन्ने अन्योलले रकम दिन सकेका
थिएनौं
, आचार्यले भने, राष्ट्रपति कार्यालयबाटै भुक्तानी गर्ने भएपछि तत्काल
घरधनीलाई बोलाएका हौं ।

भाडा नपाएकाले डा.यादवलाई घरबाट
हटाइदिन आदेशको माग गर्दै विष्टले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका छन् ।
पूर्वराष्ट्रपतिलाई राष्ट्रपतिको फोन घरभाडा भुक्तानीमा विवाद भएको समाचार
सार्वजनिक भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पूर्वराष्ट्रपति डा.
रामवरण यादवलाई टेलिफोन गरेकी छिन् । भण्डारीले डा. यादवसँग घरभाडा विवादलगायतका
विषयमा जानकारी लिएको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।


राष्ट्रपति भण्डारीले
शुक्रबार दिउँसो कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलसहितको टोली
पूर्वराष्ट्रपति डा। यादवको निवासमा पठाएकी थिइन् । उनीहरूले स्थलगत निरीक्षणपछि
अवस्थाबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।
इमेजखबरमा खबर छ