प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको समयमा दुई देश बीचमा भएको सहमति अनुसार
नेपालले सांकेतिक रुपमा विसाखापटनम वन्दरगाह प्रयोगमा ल्याएको छ ।
तर यसलाई नियमित
र पूर्ण रुपमा संचालनमा ल्याउन भने थप समय लग्ने छ । केही नितिगत र प्रक्रियागत
कामहरु सम्पन्न हुन अझै बाँकी छ ।
यसै साता दिल्लीमा हुने वाणिज्य सचिव स्तरको वैठकमा उक्त बन्दरगाह प्रयोगलाई
कसरी सहज र कम मुल्यमा प्रयोग गर्ने भन्ने विषयमा विस्तृत रुपमा छलफल हुने एक
अधिकारीले जानकारी दिए ।
अहिले नेपालले हल्दीया-कलकत्ता वन्दरगाह प्रयोग गरिरहेको छ । शुक्रवार त्यस
वन्दरगाहको भ्रमण गरेका एक उच्च नेपाली अधिकारीका अनुसार झण्डा फहराएर भारतले हामी
प्रयोग गर्न दिन तयार छौ भन्ने सन्देश दिएको हो ।
। सो कार्यक्रममा मुख्य सचिव सोमलाल सुवेदीले यो कोसेढुंगा हुने भन्दै यसले
नेपाल र भारतको सम्वन्धलाई थप सुदृढ बनाउने बताए ।
विसाखापटनम पोर्टका अध्यक्ष एमटी कृष्णवहादुरले यो वन्दरगाह नेपालका लागि
कलकत्तापछि दोस्रो बन्दरगाह हुने बताएका थिए । यस अगाडि सुवेदी नेतृत्वको
टोलीले सो वन्दरगाहको इस्ट कोस्ट रेलवे, कन्टेनर
कर्पाेरेसन अफ इन्डिया लगायतका निकायहरुसँग कार्गाको मुभमेन्टको विषयमा छलफल गरेको
थियो । अधिकारीहरुका अनुसार सुरुमा मासिक रुपमा ६ देखि ७ सय कन्टेनर यो वन्दरगाह
हुँदै नेपाल पठाउन सकिने बताएपछि त्यसलाई वढाएर एक हजार कन्टेनर पुर्याउने सहमति
भएको छ ।
गत फागुन महिनामा प्रधानमन्त्री ओलीको भारत भ्रमणको समयमा भारतले विसाखापटन
वन्दरगाह नेपाललाई प्रयोग गर्न दिने सहमति भएको जनाएको थियो । प्रधानमन्त्रीको
भारत भ्रमणको समयमा भारतले नेपाल र वंगादेशको विचको ट्रन्जिट रुटलाई सहज बनाउने
सहमति गरेको थियो । विशेषगरी काँकरभिट्टा र वंगलादेश करिडोर संचलान गर्नका लागि
अनुमति दिन भारत सहमत भएको थियो ।
त्यसैगरी नेपाल र वंगलादेशको विचमा रोहनसिंहवाद रेलवे सुविधा प्रयोग गर्न दिन
पनि भारत सहमत भएको थियो जसले गर्दा वंगलादेशसँग नेपालको व्यापार वढ्न्े छ ।
भारतको वाटो प्रयोग गर्ने संगसंगै नेपाल र वंगलादेशको विचमा पनि व्यापार र पारवहन
सन्धीका सम्वन्धमा विभिन्न स्तरमा केही महिना यता वार्ता भईरहेको नेपाली
अधिकारीहरुले जानकारी दिएका छन् ।
कान्तिपुरमा कमलदेब भट्टराईको समाचार छ ।



