कोसी राजमार्गको विराटनगर खार्जी चोकमा भएको दुर्घटनामा एक दम्पतिको मृत्यु

कोसी राजमार्गको विराटनगर ५ खार्जी चोकमा भएको दुर्घटनामा एक दम्पतिको मृत्यु भएको छ । को १ ख ४३२६ नम्बरको बसले ठक्कर दिंदा को २५ प ३९३९ नम्बर मोटरसाइकलमा सवार दम्पतिको मृत्यु भएको प्रहरीले जनाएको छ । 
मृत्यु हुनेमा मोरङको तेतरियाका तुलाराम थारु र उनकी पत्नी सीताकुमारी चौधरी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनीहरुको उपचारका क्रममा विराटनगरमा अपराह्न मृत्यु भएको थियो ।
यसैगरी मोरङकै याङसिलामा जिप पल्टँदा १० जना घाइते भएका छन् । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झापाको दमकबाट १३ जना यात्रु बोकेर पाँचथरको पञ्चमी गइरहेको जीप सडकबाट खसेको थियो ।
गम्भीर घाइते हुनेमा पाँचथरको कुरुम्बा १ की जानुका सेन्चुरी, करुणा लावती र राजेन्द्र लिम्बु छन् । प्रहरीका अनुसार उनीहरुको विराटनगरमा उपचार भइरहेको छ । अरु घाइतेको झापाको दमकस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनापछि जीपका चालक फरार छन् । कान्तिपुरमा समाचार छ ।  

अन्य समाचारहरु