सुरज कुँवर
मुलुकले दोस्रो राष्ट्रपति पाएको ८ महिना
बितिसक्यो । यस बिचमा हामीले धेरै राजनीतिक र आर्थिक परिवर्तन देखिसक्यौं । तर, नेपालको सिंगो कृषिमा अनुसन्धानमार्फत आमूल परिवर्तनको जिम्मा लिएको कृषि
अनुसन्धान परिषद् (नार्क) को एउटा भित्तोमा अझै परिवर्तन आउन सकेको छैन । बुधबार
ललितपुरको खुमलटारस्थित नार्क परिसरमा असार १५ का अवसरमा १३ औं धान दिवस/रोपाइ
कार्यक्रम तथा उत्कृष्ट कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहको दोस्रो संस्करण थियो । कृषि र पशु विकास मन्त्री आ आफ्ना सचिवसहित कार्यक्रममा सहभागी थिए ।
पुरस्कार कार्यक्रम सकिएलगत्तै म त्यही परिसरभित्रैको माटो सम्वन्धि अनुसन्धान
गर्ने नार्कको माटो विज्ञान महाशाखा पसे ।
महाशाखा प्रमुखको निम्तोमा म उनकै
कार्यकक्षभित्र के पसेको थिएँ ढोका छेवैमा पूर्व राष्ट्रपति डा. रामवरण यादवको
तस्विर झुण्डिएको देखें।महाशाखाका प्रमुख बैज्ञानिक विष्णुहरी अधिकारीलाई मैले
तस्विर किन नफेरिएको हो भनि प्रश्न मात्रै के गरेको थिए, जैविकविषादी एजोला विज्ञ मानिने उनले कर्मचारीतन्त्रको काम गर्ने शैलीप्रति
दिग्दारी प्रकट गरिहाले । मैले पटक पटक भने तर कर्मचारीले टेर्दै टेरेनन्, प्रमुख वैज्ञानिक अधिकारीले थपे, राष्ट्रपति
फेरीएपछि हाकिमका हैसियतले पाँच पटक निर्देशन दिएँ हुँला तर अहिलेसम्म पुरानो
राष्ट्रप्रमुखको फोटो फेरिएकै छैन । यसै महिना अवकाश पाउन लागेको बताउने
वैज्ञानिकले तस्विर फेर्ने जिम्मेवारी नार्कको स्टोरको रहेको बताउँदै यसो भनिरहेको
केही क्षण अघि मात्रै कृषि विकास मन्त्री हरिवोल गजुरेलले कर्मचारीतन्त्रको
तारिफमा शब्दहरु खर्चेका थिए ।
बरु उनले मञ्चमा बोले, म कृषि मन्त्री भएर आएपछि कर्मचारीतन्त्रबाट असहयोग होइन सहयोग पाएको छु ।
अहिलेको कर्मचारीतन्त्र पञ्चायत र राणाशासनका पालाको जस्तो छैन । ०४६ सालको
आन्दोलन र लोकतन्त्रमा पनि राजनीतिक दललाई साथ दिएको यो कर्मचारीतन्त्र ज्यादै
सहयोगी छ । यो भाषण सुनिसकेर माटो विज्ञान महाशाखाकाभित्र पसेको मैले फोटो फेर्न
बजेट नभएको की ? तपाईको टिमले असहयोग गरेको ? भनी वैज्ञानिक अधिकारीलाई छुट्टीने बेला अन्तिम प्रश्न राखेको थिएँ ।
तर उनी
नाजवाफ बने । उनका नजर धेरै पर थिए । निराशा हुँदै टाउको हल्लाउदै भने खै
के हो ? के हो ? बुझ्नै
सक्दिन म त
जधानीको केन्द्रमा रहेको नार्कको भित्ताको एउटा तस्विर ५ पटक ताकेता गर्दा पनि
हट्दैन भने यो कृषिले देशका सबै नागरिकको पेट कसरी भर्न सक्ला ? सरकारले कृषिकालागि वार्षिक ५० अर्ब हाराहारी बजेट छुट्याउँछ तर ३० अर्ब
हाराहारीकै खाद्यन्न विदेशबाट आयत गर्नुपर्छ ।
यस्तो अवस्थामा कृषि विकास
मन्त्रालयको कर्मचारीतन्त्र कसरी काम गरीरहेको छ भनेर बुझिरहन नार्कको यही पूरानो
राष्ट्रपतिको तस्विर काफी छ । कान्तिपुरले छापेको छ ।



