विगत १६
बर्षदेखि साउदी अरबमा बन्धक बनाएर उँट चराउन बाध्य बनाइएका पल्लीकोट ४, ढाँप गुल्मीका ३७ बर्षिय टेकबहादुर रसकोटीलाई
उद्धार गरी पठाइदिन नेपाली दुताबासले साउदी सरकारलाई अनुरोध गरेको छ ।
साउदीका
लागि कार्यबाहक राजदुत आनन्दराज शर्माले साउदीको श्रम मन्त्रालयको अन्तराष्ट्रिय
सम्बन्ध बिभागका निर्देशकलाई भेटी अनुरोध गरेको हो । दुताबासले गरेको अनुरोधलाई
श्रम मन्त्रालयले सकारात्मक रुपमा लिंदै यथासक्य छिटो स्वदेश पठाउने प्रबन्ध
मिलाउने जनाएको छ ।
हामी
रसकोटीलाई यथासक्य छिटो पठाउन हाम्रा निकायलाई भन्नेछौं श्रम
मन्त्रालयका ती अधिकारीको भनाई उदृत गर्दै शर्माले कान्तिपुरलाई भने, स्पोन्सरले किन त्यसरी राखेको हो ? त्यसबारे छानबिन गर्नेछौं ।
काठमाडौंस्थित
गोल्डेन इन्टरनेशनल म्यानपावरबाट कन्ट्रक्सन कामको लागि भनेर रासकोटी २००१ अगस्ट १
मा साउदी अरब पुगेका थिए । । उनले म्यानपावरलाई ६० हजार रुपैयाँ बुझाएर त्यता गएका
हुन् । उनी साउदीको हाब्राल वादिमस्थित भरुभूमिमा उँट हेर्ने काम गर्छन् ।
रासकोटीलाई
उद्धार गरेर पठाउन दुताबासले निरन्तर साउदी सरकारसँग फलोअप गरिरहेको शर्माले बताए
। पहिला परराष्ट्र मन्त्रालयलाई गएर जानकारी गराएको हुँ । अहिले श्रम मन्त्रालयको
ध्यानकर्षण जनाउन पुगेको हुँ उनले भने, उच्च तहमा पनि यसबारे छलफल गर्ने प्रयासमा लागेको छु ।
रासकोटीले
आफु भरुभूमिबाट निस्कशन प्रतिक्षारत रहेको कान्तिपुरलाई बताए । उनीको साथमा जतिखेर
पनि मोबाइल हुँदैन । अधिकांश उनको मोबाइल मालिकको साथमा रहने हुँदा सम्पर्क हुन
गार्हो भएको बताए । मालिकले नै मोबाइल लिइदिने हुदा बाहिरी दुँनियासग सम्र्पक
गर्न गार्हो भइरहेको छ कान्तिपुरको सम्पर्कमा भनेका थिए, घरमा श्रीमति र १६ बर्षिय छोरा गाँउमै छन् ।
उनीहरुकै मायाले बाचिरहेको छु ।
उनका ५५
बर्षिय मालिक मन्दु नुहाब सम्मेरी हो । उनले स्वदेश फिर्न अनुमति नदिएकोले
त्यहाँबाट निस्कन सकेको छैन् । नयाँ कामदार ल्याएपछि मात्रै स्वदेश पठाउछु भन्छ उनले भने, नयाँ कामदार
आएको दुई/तीन नपुग्दै भागिहाल्छन् । कोही उसँग टिक्ने गरेको छैन् ।
उनको गोठमा
७७ वटा उँट छ । एउटा सुडानी र रासकोटी मिलेर ती उँटको स्याहारसुसार गर्दै आइरहेका
छन् । यतिखेर सार्हो गर्मीले पोल्छ । बानि परिसकेकोले यी तापलाई झेलिसकेको छु ।, उनले भने, म पनि भरुभुमिको एउटा प्राणी भइसकेको छु
जस्तो लाग्छ ।
उनको ७
बर्षको तलब बाँकी भएकोले त्यहाँबाट भाग्न सकेको छैन । शुरुमा आउदा ४ सय रियाल पाए
। ५ बर्षपछि एकसय रियाल बढाइदिए । आठ बर्षपछि आठसय रियाल पुग्यो । १२ बर्षपछि
एकहजार रियाल दिन थालेको छ । हिसाब छ । सबै तलब भने पाइसकेको छैन् । टेकबहादुरले
तलब नपाएको समय गन्ने हो भने ७ बर्ष बाँकी छ । भन्छन्,यही तलबको कारणले त मैले चाहेर पनि मालिकलाई
छोड्न सकेको छैन् ।कान्तिपुरले लेखेको छ ।



