(साउदी अरब ) अर्घाखाँचीडट्कम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय
परिषद साउदी अरब मातहातमा रहेको आरसिसि अलकासिम क्षेत्रिय समितिको दोस्रो अधिवेसन
अलकासिम स्थित बुराईदामा भव्यताको साथ सम्पन्न भएको छ । अधिवेसनमा जेध्दा, अलखोवर, दम्माम लगायतका बिभिन्न स्थानबाट
प्रतिनिधित्व गर्ने एनआरएनए हरूको बाक्लो उपस्थित रहेको थियो । नेपाली राजदुतवास
रियादका का. बा. राजदुत आनन्द प्रसाद शर्मा परिवार, तृतिय सचिव
सुर्य प्रसाद अर्याल, दुतावासका कर्मचारी मान बहादुर श्रेष्ठ
समेतको उपस्थितिले कार्यक्रममा रौनकता थपिएको थियो । बाबुराम सुनारद्वारा संचालित कार्यक्रमको पहिलो खण्डमा अलकासिम क्षेत्रिय
अध्यक्ष दल बहादुर पुलामीले सभापतित्व गर्नुभएको थियो ।

गैर आवासीय नेपाली संघ तेज थापाले दिएको जानकारी अनुसार नेपाली राजदूतवासका का. बा. तथा प्रमुख अतिथि
राजदुत आनन्द प्रसाद सर्मा र एनआरएनए आइसीसी FEMWWC संयोजक तथा
बिशेष अथिति धरम के. सी.ले संयुक्तरूपमा दिप प्रज्जलन गरि कार्यक्रम उद्घाटन
गर्नु
भएको थियो ।
राष्ट्रिय गानको सुमधुर धुनले गुन्जयमान बनेको
कार्यक्रम हलमा निबर्तमान अलकासिम क्षेत्रिय उपाध्यक्ष मनिस कोइरालले शुभकामना
मन्तव्य दिनुभएको थियो । त्यसै गरी निबर्तमान अलकासिम क्षेत्रिय कोषाध्यक्ष
बाबुराम सुनारद्वारा आर्थिक प्रदिबेदन प्रस्तुत गरिएको थियो भने कार्यबाहक
क्षेत्रिय अध्यक्ष दल बहादुर पुलामीले कार्यप्रगति बिरण प्रस्तुत गर्नु भएको थियो
। कार्यक्रममा भुतपूर्व अलकासिम क्षेत्रिय अध्यक्ष बिष्णु न्यौपाने, एनसिसि सचिव बिशाल कुमार श्रेष्ठ, एनसिसि महासचिव
तेज बहादुर थापा, एनसिसि अध्यक्ष नाराण पासवान, आइसिसी सदस्य रमेश भन्डारी, नेपाली राजदुतावासका तृतिय सचिव सुर्य
प्रसाद अर्याल लगाएतका बक्ताहरूले मनतव्य राख्नु भएको थियो । बिभिन्न आरोह-अवरोह
बिच स्थापनाकालको छोटो अबधिमै अलकासिम क्षेत्रिय समितिले श्रममैत्रीबनि शेवामूलक
कार्यमा उल्लेख्य कार्य गरेको भन्दै एनआरएनए आइसिसि बैदेशिक रोजगार तथा आप्रवासि
कल्याणकारी समिति संयोजक धरम के. सी. ले प्रसंसा गर्नु भएको थियो ।

साथै संस्थाको राष्ट्रिय तथा
अन्तराष्ट्रिय स्तरमा भै रहेका गतिबिधिहरूको अवगत गराउनु भएको थियो । मनतव्य कै
क्रममा नेपाली राजदुतावास रियाद साउदी अरबका का. बा. राजदूत आनन्द प्रसाद सर्माले



