बुटवलमा पहिलो पटक बुटवल सिटी अनलाई सपिङ्ग सेन्टरको सुभारम्भ

कृष्ण केसी 
बुटवल, १९  असार । विगत लामो समय देखि विभिन्न म्युजिक भिडियो तथा विभिन्न  ईभेन्टहरुमा कोरियोग्राफरको भुमिका निर्वाह गर्दै आएकी सृष्टि घिमिरेले बुटवलमा पहिलो पटक बुटवल सिटी अनलाई सपिङ्ग सेन्टरको सुभारम्भ गरेकी छिन् । 
४ वटा भन्दा  बढि म्युजिक भिडियोमा कोरियोग्राफी र  सयौ कार्यक्रमहरुको कोरियोग्राफिको भुमिका निर्वाह गर्दै आएकी घिघिरेले एकल लगानीमा बुटवल सिटी अनलाईन सपिङ्ग सेन्टर स्थापना गरेकी हुन । वि.स.२०७० सालबाट कोरियोग्राफिमा हात हालेकी उनले अफुले डिजाईन गरेका र अन्य डिजाईनहरु समेत सपिङ्ग सेन्टरमा राखेकी छिन् ।
 अनलाईन मार्फत पनि सामान खरिद गर्न सकिने उनको भनाई रहेको छ । महिलाहरुको लागि चाहिने  सबै प्रकृतिको फेसेनेवल र नर्मल  सामानहरु राखेकी छिन् । उनले भनिन्- हामी बुटवलको एरियामा होम डेलिभरीको समेत व्यवस्था गरेका छौैं । अधिकांस ग्राहकहरुले अनलाईन मार्फत सामान  हेरेर सेन्टरमा नै आएर किन्ने गरेको सञ्चालक घिमिरेको भनाई छ । 
भैरहवा, सुनवल लगायतका स्थानहरुबाट बढि मात्रा  अडर आउने गरेको र  खासगरी दैनिक जिवनमा व्यस्त समय भएका व्याक्तिहरुको लागि अनलाईन सपिङ्ग उत्तम विकल्प भएको उनको भनाई छ ।