शेयरबजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट

अघिल्लो दिन ७ अंकले बढेको शेयरबजार परिसूचक नेप्सेमा सोमबार दोहोरो अंकको गिरावट आयो । यसदिन नेप्से २० अंकले घटेर १७ सय २ बिन्दूमा आइपुग्यो ।
यसदिन उत्पादनमूलक समूहबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से दोहोरो अंकले झरेको हो ।
बीमा समूह सबैभन्दा उच्च २ सय १७ अंकको उच्च बिन्दूले झर्‍यो भने टेलिकम सूचीकृत अन्य समूहमा पनि करिब ३९ अंकको गिरावट आयो ।
यस्तै, होटल समूह ४९ अंकले, जलविद्युत् समूह ३२ अंकले, विकास बैंक समूह करिब २६ अंक र वाणिज्य बैंक समूहमा पनि ७ अंक बढिको गिरावट आयो । उत्पादनमूलक समुह भने साढे २८ अंकले उक्लियो ।
यसदिन १ सय ४५ कम्पनीको १८ लाख कित्ता शेयर ९१ करोड ४२ लाख रुपैयाँ बराबरमा खरिद