कोरियामा प्रबासी मजदुरहरु न्यूनतम ज्यालादारी बृद्धिको माग गर्दै लगातार आन्दोलनमा

सुन्दर पन्थी 
कोरिया ।  कोरियामा प्रबासी मजदुरहरुले कामदारको न्यूनतम ज्यालादारी बृद्धिको माग गर्दै लगातार आन्दोलनमा रहेका छन् । 
कोरियाको आगामी बर्ष २०१७ का लागि यस  बर्षको २०१६ जुन २८ मा तलबबृद्धि निर्णय तोक्ने प्राबधान गरेको छ  ।  तलबबृद्धि बिषयमा त्रिपक्षीयबैठक बस्दै आइरहेको  छ ।  बैठकमा  कोरियन सरकार, रोजगारदाता कम्पनि र मजदुर संगठन प्रतिनिधि सम्लग्न रहेका छन । 
उता पारिश्रमिकबृद्धि गर्ने पक्षमा रोजगारदाता कम्पनि र मजदुर संगठन पक्षको आ-आफ्नो अडान रहेको कारण कोरियामा काम गर्ने सम्पुण  श्रमिक वा कामदार को तलब बृद्धिको कुनै निस्कर्ष निस्कन सकेको छैन । 
मजदुर प्रतिनिधिबाट प्रति घण्टा ६,०३० कोरियन वोन बाट १०,००० वोन बनाउनु पर्ने माग छ ।  जसमा eps system लाई हटाएर wps system लागु गर्नु पर्ने माग पनि रहेको छ  भने कम्पनि पक्षबाट कामदारको ज्याला आफै तोक्न पाउनु पर्ने  अडान रहेको छ । 
यसैमा सरकारी पक्षबाट न्यूनतम ३.७ प्रतिशत देखि अधिकतम १३.४ प्रतिशत सम्म ज्याला बृद्धिको प्रस्ताब राखेका कारणबाट कामदारको न्यूनतम ज्यालादारी बृद्धि हुन सकेको छैन जसको विरोधमा कोरियामा प्रबासी मजदुरहरुले धर्ना प्रर्दशन साथमा  लगातार आन्दोलन गरिरहेका छन् ।