अख्तियारद्वारा कैलालीको भजनी-त्रिशक्ति नगरपालिकाको कागजात जफत

भजनी-त्रिशक्ति नगरपालिकाले भ्याकुलोडर खरिद सम्बन्धि अनियमितता गरेको भन्ने समाचार आएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय महेन्द्रनगरले भजनी पुगेर नगरपालिकाबाट टेण्डर प्रकृयाका कागजात नियन्त्रणमा लिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय महेन्द्रनगरलका प्रमुख विष्णु सिंह विष्टले जानकारी दिए।
अख्तियार कार्यालयले भ्याकुलोडर खरिद सम्बन्धिको कागजातको फोटोकपी लिएर गएको नगरपालिकाका कार्यकारी अधिकृत धर्मानन्द भट्टले बताए।
गत जेठ २० गते अधिकतम ४१ लाख ६० हजार रूपैयाँमा भ्याकुलोडर खरिद सम्बन्धि टेण्डर आह्वान गरेको नगरपालिकाले असार २१ गते काठमाडौंको आईएमई अटोमोटिभ्स प्रा.लि.ले ४१ लाख ३१ हजार रूपैया राखेर हालेको टेण्डरलाई स्वीकृत गरेको थियो। सोही शीर्षकमा बुटवलको जि.एस. ट्रेक्टर्स एण्ड सप्लायर्सले ३४ लाख ३७ हजार ७ सय ७७ रूपैयामा टेण्डर हालेको थियो भने ललितपुरको फोर्स कन्स्ट्रक्सन एलसीसीले ३६ लाख ५ हजार रूपैयाँमा टेण्डर हालेको थियो।
तर सबै प्रकृया पुगेको र सबैभन्दा कम रकममा टेण्डर हाल्नेलाई ठेक्का दिनुपर्ने प्रावधान हुँदा हुँदै नगरपालिकाले सबैभन्दा बढी रकममा टेण्डर हाल्नेलाई खरिद गर्न अनुमति दिएपछि कर्मचारीको मिलेमतोमा भ्रष्टाचार गरेको आरोप लागेको हो।
यस्तै अख्तियारले कागजात नियन्त्रणमा लिएपछि नगरपालिकाले स्वास्थ्य स्वयम सेविकाका लागि खरिद गरेको दराज बुझ्न दवाव दिएको स्वास्थ्य स्वयम सेविका संयोजक शान्ति लामाले बताइन्।
उनले नगरपालिकासँग खरिद समितिमा को को थिए र दराज कति मूल्यमा खरिद गरिएको हो जानकारी मागेको तर नगरपालिकाले दिन आनाकानी गरेको बताउँदै खरिद समितिमा को को थिए र कति रुपैमा दराज खरिद गरेको हो त्यसको विल भौचर नदेखाए सम्म दराज नबुझ्ने बताए। सेतोपाटीमा समाचार छ ।  

अन्य समाचारहरु