राष्ट्रिय वाणिज्य बैंकले माग्यो विभिन्न तह र पदमा झण्डै २ सय कर्मचारी

सरकारी
स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न तह र पदमा झण्डै २ सय
कर्मचारी माग गरेको छ। तेस्रो तहदेखि आठौं तहसम्म गरी बैंकले कुल १ सय ९५ कर्मचारी
माग गरेको हो।

 

 बैंकले आठौं
तहमा केन्द्रीय कार्यालयका लागि १ जना प्रवन्धक माग गरेको छ। सम्बद्ध विषयमा
स्नातकोत्तर उत्र्तिण भई ८ वर्षको अनुभव संगालेका व्यक्तिले आवेदन दिन सक्ने छन्।
 

 

त्यस्तै
केन्द्रीय कार्यालयकै लागि सातौँ तहमा ५ जना उपप्रवन्धक (लेखातर्फ) माग गरिएको छ।  चार्टड
एकाउन्टेन्टको उपाधि हासिल गरेका व्यक्तिले यो तहमा आवेदन दिन सक्ने छन्।
 

 

पाँचौ तहको
प्रशासन सेवा समूहमा वरिष्ठ सहायकका रुपमा ३१ जना कर्मचारी माग गरिएको छ। जसमा
क्षेत्रीय कार्यालयहरु बिराटनगर
, पोखरा, नेपालगञ्ज र सोअन्तर्गतका शाखा कार्यालयहरुमा
  ८ जना तथा वीरगञ्ज र सोअन्तर्गतका शाखा
कार्यालयहरुका लागि ७ जना कर्मचारी माग गरिएको छ।

 

व्यवस्थापन, अर्थशास्त्र वा
वाणिज्यशास्त्रमा स्नातक उत्तिर्णले आवेदन दिन सक्ने छन्। पाँचौ तहमै वरिष्ठ सहायक
(कम्प्युटर अपरेटर) क्षेत्रीय कार्यालय काठमाडौं तथा सो अन्तर्गतका शाखा
कार्यालयहरुका लागि १० जना कर्मचारी माग गरिएको छ।
 

 

बैंकले तेस्रो
तहअन्तर्गत कनिष्ठ सहायक पदका लागि ७३ जना कर्मचारी मागेको छ। बिराटनगर
, वीरगञ्ज, काठमाडौं, पोखरा र
नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा सोअन्तर्गत संचालित शाखा कार्यालयहरुका लागि यी
कर्मचारीहरु माग गरिएको बैंकले जनाएको छ।
 

 

बैंकले छैटौं
तहअन्तर्गत सहायक प्रवन्धकका पदका लागि ७५ जना कर्मचारी माग गरेको छ। क्षेत्रीय
कार्यालयहरु बिराटनगर
, वीरगञ्ज,
काठमाडौं,
पोखरा, नेपालगञ्ज तथा सोअन्तर्गत संचालित शाखा
कार्यालयहरुका लागि यी कर्मचारी माग गरिएको हो।  

 

१ वर्षअघि उमेर
हदको विवादका कारण स्थगित भएको दरखास्त बुझ्ने कार्यलाई अहिले निरन्तरता दिइने
भएको हो। त्यसबेला फारम बुझाएका आवेदकले अहिले आवेदन बुझाउनु नपर्ने बैंकले जनाएको
छ।
 

 

उमेर हदको
विवादका कारण २०७२ असार महिनामा बैंकले माग गरेको कर्मचारीको दरखास्त लिने काम
बीचमै रोकिएको थियो। सोलाई निरन्तरता दिई केही कर्मचारी थप गरेर अहिले पुनः सूचना
प्रकाशन गरिएको हो।
 सेतोपाटिमा खबर छ