सप्तकोसी नदीमा पानीको बहाव घटेपनि कोशी ब्यारेजमा खतराको संकेत

सप्तकोसी नदीमा पानीको बहाव घटन थालेको छ। बुधबार अपरान्ह पानीको बहाव घटेर २
लाख ३८ हजार ५१० क्यूसेकमा झरेको छ। मंगलबार भने कोशीमा यस वर्षकै उच्च २ लाख ८५
हजार क्यूसेक पुगेको थियो।
एक साता अघिदेखि निरन्तर वर्षा भइरहेकाले सप्तकोसी नदीमा पानीको बहाव घटबढ
भइरहेको छ। क्षणिक रुपमा

बहाव घटे पनि पहाडी जिल्लामा वर्षा हुनासाथ बढ्ने


पानीको वहाब घटबढ हुने क्रम भइरहेकाले गर्दा कोशी ब्यारेजका ५६ ढोकामध्ये
अहिले ३२ वटा ढोका खुल्ला राखिएको छ। मंगलबार ३६ वटा ढोका खुल्ला गरिएको थियो।

बुधबार पानीको बहाव घटेपनि कोशी ब्यारेजमा खतराको संकेत रातो भने यथावत छ। अहिले
त्यहाँ दुईवटा रातो बत्ती बालिएको छ।

कोशी ब्यारेजमा १ लाख ५० हजारदेखि ३ लाखसम्म खतरा मानिन्छ भने ३ लाखभन्दा माथि
अति खतरा मानिन्छ ।

कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक  छ।
सन् १९६८ मा ७ लाख ८८ हजार क्यूसेकसम्मको भार थामेको थियो।

अघिल्लो वर्ष कोशी नदीमा सवैभन्दा बढी ३ लाख ४१ हजार क्यूसेक पुगेको थियो। तर, २०६५
भदौ
२ गते एक लाख ६८ हजार
क्यूसेक पानीको वहाव हुदाँ सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला
कोशीले पूर्वी तटबन्ध भत्काउँदा ४ वटा गाविसका मानववस्तीमा पसेर विनाश गरेको थियो।
नागरिक न्युजले छापेको छ