बस दुर्घटनामा एकै पटक तीन दर्ज बढी घाइते ल्याएकाले अस्पतालमा रगतको अभाव

बस दुर्घटनामा एकै पटक तीन दर्ज बढी घाइते ल्याएकाले अस्पतालमा रगतको अभाव भएपछि प्रतिष्ठानले झापा, मोरङ र सुनसरीका विभिन्न रक्तदाता र ब्लड बैंकलाई रगत उपलब्ध गराउन आब्हान समेत गरेको छ
प्रतिष्ठान प्रहरीका अनुसार घाइतेहुनेहरुमा फुलेक तेह्रथुमकी अनिता गुरुङ, पुस्पलाल कटवाल, फुलेककै प्रविण शेर्पा, भोला थापा, आयुस थापा, संखुवासभा तामाफोककी हर्कमाया तामाङ, तेह्रथुमका खगेन्द्र भट्टराई, मारेकटरेका बिष्णु मगर, धरानका मनोज पोद्धार, बसन्तपुरका छिरिङ शेर्पा, परेवादिनका विनोद घिमिरे (बस मालिक), धरानका रमेश श्रेष्ड, छथरका टंक भण्डारी, धनकुटाका कला थापा, तेह्रथुमका अनिता पौडेल, संखुवासभाका सुजन रानामगर लगायत रहेका छन् ।

उनकाअनुसार दुर्घटना हुँदा कतिपय घाइतेका आफन्त नहुने भएकाले सबै घाइतेलाई एमबिबिएस अध्ययनरत चिकित्सक शास्त्रका विद्यार्थीले कुरुवाको काम गर्ने गरिरहेका छन् ।प्रतिष्ठानमा ३८ जना घाइते लाइएको छ । ती मध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको आकस्मिक कक्षका प्रमुख डा ज्ञानेन्द्र मल्लले बताए । उनले भने, अधिकांशको टाउकोमा चोट लागेको देखिएको छ । उनीहरु सबैको उपचार जारी छ । आकस्मिक दुर्घटनाको बेला प्रतिष्ठानले मेडिकल, सर्जिकल लगायत सबै विभागकका एकै पटक ३५ जना चिकित्सक र त्यो भन्दा धेरै नर्सहरु परिचालन गरेको छ । घाइते भएपछि वीपी प्रतिष्ठानमा ल्याउँदाल्याउँदै मृत्यु हुनेहरु ६ जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मूलघाट धनकुटा बस्ने ३२ वर्षीय चालक सोनम तामाङ, लेकुवा २ धनकुटा बस्ने १५ वर्षीय तेजबहादुर थापा, मारेकटरे २ धनकुटा बस्ने ५३ वर्षीय वीरबहादुर काफ्ले, तेह्रथुम फुलेक-६ बस्ने १२ वर्षीया हुमा पौडेलको मात्र सनाखत भएको छ । बाँकी तीन जनाको सनाखत हुन सकेको छैन ।
 बस पल्टेर पनि केही नभएका मुढेका १९ वर्षीय राजन तामाङले भने, बस करिव दुइसय मिटर तल पल्टिएपछि हुट (बसको छत) उडिसकेको थियो । यसो आफूलाई हेरेँ सग्लै पाएर बाँचिएछ भन्ने लाग्यो ।उनीहरु तेह्रथुमको बसन्तपुरबाट घर सिंधुवा तिर आइरहेका थिए । तामाङसँगै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार गराइरहेका अर्का घाइते रेनुका मगरले भनिन्, नन्द सोनिका कार्कीसँग मुढेबाट घर फर्किरहेको बेला एकैचोटी गन्द्राङ गुन्द्रुङ गरेर बस पल्टेको मात्र थाहा छ । त्यसपछि अस्पतालमामात्र होस आयो । बस दुर्घटनामा श्रीमती अतिमाया तामाङलाई गुमाएका सिंधुवा बस्ने ४१ वर्षीय घाइते बलबाहादुर तामाङले भने, श्रीमती चालकको साइडमा बसेकी थिइन् । म ढोकाको छेउमा बसेका थिएँ । ब्रेक फेल भयो भन्ने सुनेसँगै बसको स्पिड पनि बढ्यो । बस भित्रका सबै आत्तिएर रुन काराउन थाले । यतिकैमा पल्टियो । बिहीबार धनकुटाको परेवादिन ५ को सिधुवा बजार नजिकै यात्रुबाहक बस दुर्घटनाबाट जोगाउन खोज्दाखोज्दै खसेपछि चालक सोनमको दुर्घटनास्थल मै मृत्यु भयो । उनी झ्यालबाट एक्लै हामफाल्न पनि सक्थे तर त्यसो गरेनन् । चालकले भालुखोपमा बसको ब्रेक फेल भएको थाहा पाएपछि जोगाउँदै नियन्त्रण गर्ने प्रयास गरेको चालकका छेउमा बसेका घाइते यात्रुहरुले बताएअचानक बसको ब्रेक फेल भएको थाहा पाएपछि चालक सोनम तामाङले करिव तीनसय मिटरसम्म सम्हाल्दै सामान्य ओरालोबाटोमा कुदाए । तर बसको गति नियन्त्रण गरी थप सम्हाल्न नपाउँदै सिधुवा चर्च नजिकैको घुमाउरोबाटामा मोडिन नसक्दा दुइसय मिटर तल काल्नामा झर्‍यो ।     कान्तिपुरमा समाचार छ  ।