गैर आवासीय नेपाली संघ साउदी अरबको नवौं बार्षिकोत्वस कार्यक्रम सम्पन्न

साउदी अरब (अर्घाखाँचीडट्कम)  अलखोवर स्थित क्लासिक
रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ साउदी अरबको नवौं बार्षिकोत्वस कार्यक्रम सम्पन्न
भएको छ । मध्यान्ह १२ बजेदेखी सुरू भै साझ ५
:३०
बजे समापन भएको कार्यक्रममा आइसीसी
, एनसीसी, आरसीसी, एलसीसीका
बर्तमान तथा भुतपुर्व पदाधिकारीहरू
, पंजिकृत सदस्यहरू, एनआरएनए
साउदीका संस्थापकहरू
, नेपाली राजदूतावास रियादका श्रमसहचारी, दूतावासका
कर्मचारी
,
बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू, टेलिभिजन
कर्मीहरू
,
अनलाइन मिडिया कर्मीहरू, पत्रकारहरू, समाजशेवि
तथा बुध्दीजिविहरू लगायत नेपाली दिदिबहिनि तथा दाजुभाइहरूको उल्लेख्य संख्यामा
जमघट रहेको थियो ।

एनसीसी अध्यक्ष नाराणय
पासवानज्युको सभापतित्वमा नेपाली राजदूतावास रियादका श्रम सहचारी अम्बिका प्रसाद
अधिकारी प्रमुख अतिथि
मा भएको कार्यक्रमको संचालन महासचिब तेज
थापाले गरेका थिए

जाग लम्क चम्क हे नौजवान हो  भन्ने
स्वादेश गान गुञ्जायमान सँगै एनसीसी साउदी अरबको संरचना र मातहातमा रहेका आरसीसी
तथा एलसीसी समुहले आ
आफ्नो
व्यानर र नेपाली झण्डा सहित मार्चपास गर्दै मंचमा प्रबेश गरेका थिए । व्यानर
, नेपाली
झण्डा
,
मार्च पास तथा नेपाली गितसंगति गुञ्जायमान क्षणले प्रवासका
अनुभुति भुलाइ नितान्त नेपाल मै कुनै ठूलो उत्वस भै रहेको छ भन्ने आभाष हुन्थ्यो ।
मार्चपास पश्चात कार्यक्रमका सभापति
, प्रमुख अतिथि, बिशेष
अतिथि तथा संस्थापकहरूको संयुक्त रूपमा दिप प्रज्जलन गरि नवौं बार्षिक उत्सव
औपचारिक रूपमा उद्घाटन
गरेका थिए  । उद्घाटन सँगै मार्चपासको समुह तथा उपस्थित
सबैले एकै स्वरमा राष्ट्रिय गान गुनगुनाएका थिए ।

मन्तव्य कार्यक्रममा अन्तर्गत
एनसीसी सदस्य उमेश भट्टराइले स्वागत मन्तव्य राख्नु भएको थियो । त्यसैगरी बैदेशिक
रोजगार तथा आप्रवासि नेपाली कल्याणकारी समितिका संयोजक धरम के. सी. ले संस्थाको
समग्र सार संक्षितप्त बारे जानकारी
दिए

प्रतिबेदन प्रस्तुत अन्तर्गत गत
मर्इ
,
२०१५ रियादमा सम्पन्न एनसीसी साउदी अरबको पांचौं महाधिवेशन
यता संस्थामा हासम्म भए गरेका गतिबिधिहरूको बार्षिक अध्यावधिक कार्य प्रगति बिवरण
र भावी कार्य योजना सहितको प्रतिबेदनलाइ एनसीसी महासचिव तेज बहादुर थापाले
प्रोजेक्टरको माध्यामाद्वारा प्रस्तु गरेका थिए । त्यसै गरी एनसीसी कोषाध्यक्ष
खगेन्द्र बिक्रम नेम्वाङ कारणवस कार्यक्रममा उपस्थित हुन नसके पछि उपाध्यक्ष डमर
कुमार यादवले कोषाध्यक्षद्वारा संप्रेषण गरिएको आर्थिक प्रदिबेदन प्रस्तुत
गर्नुभएको थियो । साथै एनसिसिको बैठक द्वारा गठित आर्थिक अडिट टिमका सदस्य धरम के.
सी. द्वारा अडित रिपोर्ट प्रस्तुत गर्नु भएको थियो ।

महासचिब
तेजबहादुर थापाले दिएको जानकारी अनुसार
लन्चब्रेक पश्चात कार्यक्रमका
बिशेष अतिथिद्वारा एनआरएनए साउदीका संस्थापकहरूलाइ सम्मान पत्र बितरण गरीएको थियो
भने प्रमुख अतिथिद्वारा एनआरपी पासपोर्ट सहजि करण शेवामा सहयोग पुराउने स्वयम शेवक
तथा गत बर्ष नेपालमा गएको भुकम्प राहत संकलन सहजकर्ता तथा सहयोगीहरूलाइ प्रमाण
पत्र बितरण गरिएको थियो । त्यसैगरि एनसिसि अध्यक्षद्वारा उत्कृष्ठ क्षेत्रिय
एनआरएन लाइ प्रसंसा पत्र बितरण गर्नु भएको थियो भने संस्थालाइ सहयोग पुराउने
समाजशेवीहरूलाइ सम्मान पत्र बितरण गरिएको थियो ।

एनआरएनए साउदीका संस्थापक ओम घले
तथा नेपाली राजद्तावासका श्रमसहचारी तथा कार्यक्रमका प्रमुख अतिथिको शुभकामना
मन्तव्य सँगै कार्यक्रमको पहिलो र दस्रो चरण समाप्त भएको थियो ।

कार्यक्रमको तेस्रो चरणमा नेपाली
राजद्तावासका श्रमसहचारी
, बैदेशिक रोजगार तथा आप्रवासि नेपाली कल्याणकारी समितिका
संयोजकको संलग्नतामा पिडितहरू तथा उपस्थित सहभागिहरू बिच श्रमिक समस्या बारे
अन्तरकृया कार्यक्रम चलाइएको थियो । अन्तरकृया कार्यक्रममा बिभिन्न कारणले पिडा
भोगि रहेका श्रमिकहरू प्रत्यक्ष रूपमा उपस्थित भै आ
आफ्ना
समस्या र भोगी रहेका पिडा बारेमा श्रम सहचारीलाइ अवगत गराएका थिए भने श्रम
सहचारीज्युले ति समस्याहरूका बारेमा दूतवासबाट भै रहेको पहल र समाधानका बारेमा
जानकारी गराउनु भएको थियो । अन्तरकृया कार्यक्रममा सँगै कार्यक्रमका सभापतिले
मन्तव्य राख्दै औपचारिक कार्यक्रम समापन गर्नु भएको थियो ।

अनौपचारी कार्यक्रम अन्तर्गत
आरसीसी पुर्वी क्षेत्रिय सचिव अन्जनि कुमार अधिकारीले बिभिन्न कलाकारहरूको कला तथा
प्रतिभा प्रस्तुत कार्यक्रम संचालन गर्नुभएको थियो । सो क्रममा रिया घर्ति मगरले
 कोही
यहाँ पैसा र डलरमा बेचिदै छन्
 नामक शिर्षकमा निकै मार्मिक कबिता
बाचन गर्नु भएको थिएको थियो भने
, गायक दिपक सुबेदिले  यहाँ
देशको छ चिन्ता
, तिमि माया-माया भन्छौ  बोलको सुमधुर र कर्णप्रिय गित
सुनाउनु भएको थियो । त्यसै गरि अन्जनिक कुमार अधिकारीले
 मेरो
समपना के होला
 शिर्षकमा
कबिता बाचन गर्नुभएको थियो र अन्त्यमा नेपाली संस्कृतिक टिमद्वारा नृत्य प्रस्तुत
गरिएको थियो सो क्रममा उपस्थित दिदीबहानिहरू र दाजुभाइहरू समेत नृत्यमा झुमेका थिए