युएईबाट ३ करोड बढी ठगेर फरार भएका भण्डारी बुटवलबाट पक्राउ

उमाकान्त पाण्डे /युएई , साउन १९ – सम्युत्त अरब एमिरेट्स युएईको दुबईबाट १० लाख दिराम (झण्डै तीन करोड रकम) उठाएर भागेका लक्ष्मण भण्डारी बुटवलबाट पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर काठमाडौं हनुमान ढोकामा परेको उजुरीको आधारमा उनलाई बुटवलबाट पक्राउ गरी काठमाण्डौ पठाइएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) महेन्द्र खड्काले जानकारी दिनुभयो ।