१५ अगस्तमा श्री पशुपति सम्पर्क मंचद्दारा नेपाली सांस्कृतिक कार्यक्रमको भब्य आयोजनाको तयारी

बाबु रोका मगर 
नेपाल र भारत बिचको मैत्री पूर्ण सम्बन्धलाई कायम राखौ नेत्रहिन स्कुल एवं अपाङ्गहरुको सहयोगार्थमा जुटौ भन्ने बिचार र काम को साथमा बिगत लामो समय देखि सामाजिक सेवा र कला संस्कृतिको जगेर्ना गर्दै भारतको राजधानी दिल्लीमा आफ्नो छुट्टै पहिचान बनाउन सफल श्री पशुपति सम्पर्क मंचले आफ्नो नवौ प्रस्तुति इण्डो नेपाल २०७३ सांस्कृतिक कार्यक्रम भब्य रुपले गर्ने पुरा तयारि भइसकेको संस्थाका संस्थापक तुलसी ढकाल र महासचिव रमेश शर्माले अर्घाखाँची डट कम लाई जानकारी गराउनु भयो | 
सो कार्यक्रमलाइ मनोरन्जनात्मक बनाउनको निम्ति नेपाल बाट राष्ट्रिय कलाकारहरु खुमन अधिकारी, जमुना राना, नविन पौडेल र तृप्ति खड्काको उपस्थिति रहने छ साथै दिल्लीमा कलाकारी गायन क्षेत्रमा आफुलाई उजागर बनाउदै आएका धुर्ब राना,नविन न्युपाने र सुबोध पोख्रेल को प्रस्तुति संगै नेपाली देशभक्त आवाजको सांस्कृतिक टिम बाट कलाकारहरुको बेजोड नृत्य प्रस्तुति रहने छ |  
कार्यक्रमलाइ अझै रोचक बनाउनको लागि नेपाल बाट नै कुशल उद्घोषक तथा गायिका शितल शर्मा अनि मोडल लक्ष्मण शर्मा को पनि उपस्थिति रहने छ | 
कार्यक्रममा अनाथ तथा अपाङ्गहरुलाई राहत सामग्री वितरण गरिने भएको जानकारी गराउदै सम्पूर्ण नेपाली बुबाआमा,दाजुभाइ तथा  दिदीबहिनीहरु लाइ सो कार्यक्रममा उपस्थित भइ कार्यक्रमलाइ सहयोग गरि भब्य अनि सफल पारिदिनुहुन हार्दिक अनुरोध गरिएको छ | 
कार्यक्रम हुने स्थान र मिति १५ अगस्त २०१६ सोमबारको दिन सामुदायिक भवन बजिरपुर गांव पानि टंकी नजिकै अशोक बिहार दिल्ली