तनहुँको भिमादबाट घिरिङसुन्धारातर्फ आउँदै गरेको यात्रुबाहक बस माझकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बस दुर्घटना हुँदा गम्भीर घाइते भएका सामुङ भगवतीपुर-८ बस्ने हरि परियारको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा गएराति करिब ९ बजेको समयमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख राजु केसीले जानकारी दिए।
शुक्रबार साँझ करिब ५ बजेको समयमा ग १ ख ४७८५ नम्बरको बस माझकोटको उकालोमा दुर्घटना भएको हो। रासस