राजु खनाल
साउदी अरब (अर्घाखाँचीडट्कम)
गैर आवासीय नेपाली संघ साउदी अरबले आकास्मिक
साइवर कन्फ्रेन्स बैठक आव्हान गरि संस्थागत रूपमा रामचन्द्र तिमिल्सिना बचाउ अभियान
चलाउने निर्णय गरेको छ । कुशादेबी २, घिमिरेगाउँ काभ्रे नेपाल घर भै बैदेशिक रोजगारीका सिलसिलामा जाबिराह हायल सिमेन्ट
कम्पनी साउदी अरबमा कार्यरत रामचन्द्र तिमिल्सिना सोहि कम्पनिमा कार्यरत पाकिस्तानी
नागरिक मारिएको अभियोगमा बिगत केही महिनादेखि हायल सेन्ट्रल जेलमा छन् ।

मृतक पाकिस्तानी नागरिक परिवारका तर्फबाट वकालत गर्दै आइरहेका ओकिल मुनिर अव्वास र तिमिल्सिनाको केस नजिबाट नियाल्दै आइरहेका राम प्रसाद सापकोटा द्वारा नेपाली राजदूतावास रियादलाइ प्रेषित गरिएको पत्रमा उल्लेख भए अनुसार करिव एकलाख बिस हजार साउदी रियाल ब्लडमनि दिए मृतका परिवारले केस फिर्ता लिनेछ र तिमिल्सिना मृत्यु शैयाबाट फर्किन सफल हुनेछन् ।

एनआरएनए साउदी अरबले विज्ञप्ति मार्फत भनेको छ घटनाको बास्तविक सत्य तथ्य जानकारी हासिल गर्न नेपाली
राजदूतावास रियादबाट नेपाल कन्सुलर सेवा बिभागमा प्रेषित पत्र, जेल बन्दि तिमल्सिना बचाउ आर्थिक सहयोगका लागी गा.
बि. स. सचिवबाट प्राप्त पत्र, हायल कारगार जेल निर्देशक
द्वारा प्राप्त पत्र, तथा तिमल्सिनाको केसमा
सहयोग पुराइरहेका राम प्रसाद सापकोटाद्वारा नेपाली राजदूतवास रियादमा प्रेषित पत्र
सबै अध्यान गरि प्राप्त प्रमाणका आधारमा रामचन्द्र तिमिल्सिना मादक पदार्थ पियर सवारी
दुर्घटमा पाकिस्तानि नागरिक मारेको आरोपमा साउदीको अदालतले दोसी ठहर गरेको सावित भएता
पनि मानविय धर्म तथा एक नेपालीको नाताले संस्थागत प्रेस बिज्ञप्ति जारी गरि सर्वजानिक
रूपमा रामचन्द्र तिमिल्सिना बचाउन अभियान संचालन गर्ने निर्णय गरेको छ भने साउदि अरबको
कानुन बिपरित मादक पदार्थको सेवन गरी सवारी साधन चलाउनु नितान्त गलत कार्य भएको र साउदि
अरबमा मादक पदार्थ (अल्कोहल) सेवन, बिक्री बितरण समेत
पूर्ण प्रतिबन्धित रहेकाले, यस्तो गल्ती यहाँ
रहेका कुनै पनि नेपालीहरूले नगर्नुहुन र नगर्न संस्थागत सचेतना र कानूनी चेतावनी पनि
प्रभाह गरेको छ ।

एनआरएनए साउदी अरबका महासचिब
तेज थापाले दिएको जानकारी अनुसार अभियानलाइ
प्रभावकारी रूपमा अघि बढाउन अन्तराष्ट्रिय सहजकर्ता र राष्ट्रिय सहजकर्ता टोलि गरि
दुइ समितिहरू गठन गरिएको छ, प्राराम्भिक चरणमा
संकलित रकम समिति संयोजकहरूको खाता जम्मा गरिनेछ भने अभियान यही अगस्ट महिनाको अन्त्यसम्म
संचालन गरि यही आउदो सेप्टेम्वर महिना भित्र हुने भनिएको अदालति सुनुवाइ अगाडि नै नेपाली
राजदूतावास रियादलाइ एक मुष्ट रूपमा हस्तान्तरण गरिने प्रेष बिज्ञप्तिमा उल्लेख छ ।
रामचन्द्र तिमिल्सिना बचाउ अन्तराष्ट्रिय सहजकर्ता टोलिले एनआरएनएको बिश्व सञ्जाल आइसिसि
लगायत बिश्वभरिका नेपालीहरूसँग समन्वय गरि सहयोगका लागी अपिल गर्ने छ । त्यसै गरि राष्ट्रिय
सहजकर्ता टोलीले साउदी अरबको बिभिन्न भू भागमा रहेका जिम्मेवार एनआरएनहरू, रोजागारीका सिलसिलामा साउदी अरबमा रहेका नेपालीहरू
तथा व्यापार व्यावसायीहरू, संघ संस्थाका प्रतिनिधिहरू
सबैलाइ तिमिल्सिना बचाउ अभियानमा सहयोग गर्न बिज्ञप्ति मार्फत अपिल गरेको छ ।



