युएईमा भएको नेपाली समाजको कार्यक्रममा नेपाली माथि दुर्ब्यबहार

युएई , साउन २३ – सयुत्त अरब एमिरेट्स युएईमा भएको एक कार्यक्रममा उपस्थित नेपाली माथि दुर्व्यबहार भएको छ । नेपाली समाज युएईको २६ औ वार्षिक उत्सव तथा कल्याणकारी कोष स्थापनाकालागि शुक्रबार भईरहेको सास्कृतिक कार्यक्रममा उपस्थित नेपालीहरु माथि दुर्ब्यबहार भएको हो । 
दुबईमा कामगर्ने मजदुरहरु बस्ने मुख्य क्षेत्र अलकुजमा रहेको डलुस्को कम्पनीको मजदुर क्याम्पमा भएको कार्यक्रममा स्थानिय नागरिकको रुपमा  आयोजकलेनै खटाएका ब्यात्तीहरुले नेपाली माथि दुर्ब्यबहार गर्नुका साथै अमानविय व्यबहार गरेका हुन । प्रवेश शुल्क स्वरुप रकम तिरेर भिआपपी टिकट काटेर गएका देखी सामान्य टिकट लिएर गएकाहरुमाथी दुर्ब्यवहार गरेको सहभागीहरुले बताएका छन ।
समाजले ३० लाख नेपाली रुपैयाको कल्याणकारी कोष स्थापनाका लागि भन्दै समाजमा आबद्द संघसस्थाको सहयोगमा बिबिध सास्कृतिक झाकी लगायतका प्रस्तुती देखाएको थियो । कार्यक्रममा युएईका लागि कार्यबाहक राजदुत नेत्रबहादुर टन्डन , श्रम कन्सुलर भेष बहादुर कार्की , एनआरएन युएई अध्यक्ष सुदिप कार्की , लगायत नेपाली संघसस्थाका प्रतिनिधिहरु समेत उपस्थित हुनुहुन्थ्यौ । 
कार्यक्रममा आयोजकले खटाएका ब्यात्तीहरुलेनै नेपाली नागरिकमाथि गरेको दुर्ब्यबहार प्रती आयोजकले जबाफ दिनुपर्ने सामाजिक सन्जाल मार्फत कार्यक्रममा सहभागी स्याङ्जाका राजकुमार सुनारले आग्रह गर्नुभएको छ । उहाकै आग्रहमा प्रतिकृया जनाउदै कार्यक्रम स्थलमा भएको दुर्ब्यबहार प्रती एनआरएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठले सामाजिक सन्जालमा दु:ख ब्यत्त गरेका छन । युएईको सबै भन्दा जेष्ठ समाजले कार्यक्रममा उपस्थित सर्वसाधारणको समेत सुरक्षा दिन नसकेको भन्दै समाजले भबिश्यमा यस्ता कार्यक्रम गर्दा ध्यान पुराउनु पर्ने धेरैको भनाइ छ ।
समाजले गरेको दुर्ब्यबहारले आफुहरुलाई लज्जित बनाएको भन्दै आफ्नो आजीवन सदस्यता समेत परीत्याग गरेको अर्घाखाँची संपर्क समिति युएईका अध्यक्ष राजु खड्काले सार्वजनिक गर्नु भएको छ । नेपाली समाजमा क्षेत्र, जिल्ला तथा जातिय संघसस्थाको उपस्थिती धेरै भए पनि जिल्लागत सस्थाको नाममा कुनै जिल्लाको नगरक्षेत्रिय सस्थालाई मात्रै प्राथमिकतामा राखेर अन्य सस्थालाई नजर अन्दाज गरेर अवमुल्यन गरेको कतिपय जिल्लागत सस्थाहरुको भनाइ छ । कार्यक्रममा समाजले पथरी समाज युएईका कृष्ण पौडेललाई जिल्लागत सस्थाको प्रतिनिधिको रुपमा मन्तब्यका लागि स्थान दिएको थियो । 
कार्यक्रमका लागि समाजले रत्तिम अभियान युएईलाई प्रस्तुतीको लागि अनुरोध गरेको र अभियानका कलाकारले प्रस्तुती देखाउदै गर्दा गीतलाई बिचमै काटिदिएर आयोजकले आफुहरुको अवमुल्यन गरेको रक्तिमका कलाकार डम्बर भण्डारीले बताउनु भयो । 
कार्यक्रम हेरिरहेका नेपालीहरुलाई बिना कारण कपडामा छोपेर गलहत्याउदै हलबाट बाहिर निकाल्नु , धम्क्याउनु र दुर्ब्यबहार गरेको घटना प्रती छानविन हुनुपर्ने कार्यक्रममा पुगेका नेपालीहरुको भनाइ छ । 
आयोजकले भने कार्यक्रममा भएको दुर्ब्यबहार बारे कुनै प्रतिकृया दिएको छैन । नेपाली समाज युएईका महासचिव मणी भुर्तेललाई संपर्क गर्दा पछि जानकारी गराउने भन्दै कुनै प्रतिकृया जनाउनु भएन । (उज्यालो बाट सभार गरी आवधिक गरिएको)