उमाकान्त पाण्डे /युएई , साउन २९ – नेपाल आदिवासी जनजाति महासंघ यूएर्ई शाखाले विश्व आदिवासी दिवस मनाउने भएको छ । आगामी २६ अगष्ट शुक्रबार कार्ल्टन टावर होटल डेरा दुबईमा २२ औ विश्व आदिवासी दिवस मनाउन लागेको महासंघले जनाएको छ । महासंघमा आबद्द ११ जनजाती संघसस्थाले सम्युत्त रुपमा दिवस मनाउन लागेका हुन ।
परदेशमा रहेर पनि जातजातीहरुले आफ्नो धर्म संस्कार र सस्कृतीको जगेर्ना गर्ने उद्देश्यले एउटा मान्छेको नाता पहिचान र पहिचान भनेको धर्म सस्कृती,भाशा,लिपि र सस्कार भएकोले यसैको सरक्षणका लागि दिवस मनाउन लागिएको हो ।
महासंघले दिवसका अवसरमा सांस्कृतिक झाँकी तथा गीतसंगीतका साथमा कार्यक्रम गरिने अध्यक्ष डेरराज गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा ११ जनजाती आदिवासी संघसस्थाद्वारा आ-आफ्ना झाँकी तथा भेषभुषा प्रदर्शन गर्ने , कार्यक्रम स्थलमा अलग अलग स्टल राख्ने र प्रत्येक आवद्ध संस्थाले आफ्नो मौलिकता झल्कने दुई वटा गित अथवा नृत्य, अथवा हास्य व्यंग्य प्रस्तुत गर्ने छन । साथै परदेशमा बसेर आ-आफ्ना सस्थामा योगदान दिएका एक जना महिलालाई सम्बन्धित सस्थाले सिफारिस गर्ने र महासंघले सोही अवसरमा सम्मान गर्ने कार्यक्रममा तय गरिएको छ ।
कार्यक्रममा जातीय संस्थाका प्रतिनिधिहरुले आ