मितेरि समाज युएईको पहिलो महाधिवेशन तथा दर खुवाउने कार्यक्रम २६ अगस्ट शुक्रबार हुँदै

अर्घाखाँची डट्कम् – युएई -मितेरी समाज अलएेनले पहिलो महाधिवेशन गर्ने भएको छ । युएईएको अलएेनमा दुईबर्ष अघी स्थापना भएर युएईलाई कार्यक्षेत्र बनाइ समाज सेवाका विभिन्न कार्यहरूमा सक्रिय समाजले आगामी अगस्ट २६ तारीख शुक्रबार अलएेनमा गर्ने भएको छ । समाजले महधिवेशन सँगै हिन्दु नारीहरुको पर्व तीजको अवसरमा दर खुवाउने समेत कार्यक्रम आयोजना गरेको जनाएको छ । 
अलएेनमा रहेको किनारा रेष्टुरेन्टमा बिहान १० बजेबाट शुरु हुने सो कार्यक्रममा समाजले यहाँ रहेका नेपाली महिला तथा बिभिन्न संघसंस्थाका प्रतिनिधि ,पत्रकार व्यवसायी बुद्धिजीवी लगायतलाई उपस्थितीका लागि अनुरोध गरेको छ । सोही दिन अन्य संघसस्थाका समेत धेरै कार्यक्रम भएकाले मीतेरीले बिहानको समय मिलाएको जनाएको छ ।