रामचन्द्र बचाउ अभियानमा एक करोड १९ लाख ६५ हजार रुपैयाँ संकलन

साउदी अरब (अर्घाखाँचीडट्कम)  गैर आवासीय नेपाली संघ साउदी अरबले एक बिज्ञप्ति निकाली
साउदी अरबको हायल जेलमा सडक दुर्घटनाका कारण कानूनी सजाय भोगिरहेका एक नेपाली रामचन्द्र
तिमिल्सिनालार्इ माफी दिलार्इ
, जेलमुक्त पारी स्वदेश फर्काउनका लागि ७ अगस्त २०१६
देखि अगस्त मसान्तसम्मका लागि थालेको २५ दिने रामचन्द्र बचाउ अभियानमा ब्यापक सहयोग
र सहभागितामा  सुरु भएको रामचन्द्र बचाउ अभियानमा
एक करोड १९ लाख ६५ हजार रुपैयाँ संकलन भएको जनाएको छ  ।

बिज्ञप्तिमा भनिएको छ  नेपालमा रामचन्द्रको लागि खोलिएको खातामा एक करोड
र एनआरएनले साउदीमै ६७ हजार रियाल (१९ लाख ६५ हजार रुपैयाँ संकलन भएको छ ।

तिमिल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी
नागरिक तनबिर अहमद आबसको मुत्यु भएको थियो । अदालतले मदिरा सेवन गरी गाडी चलाएको भन्दै
पीडितका परिवारलाई तीन लाख साउदी रियाल (करिब ८७ लाख रुपैयाँ) दिनुपर्ने फैसला सुनाएको
थियो ।

दुताबासका प्रतिनिधि र पीडित पक्षका वकिलबीच एकलाख
२० हजार रियाल पीडित पक्षलाई   दिनुपर्ने सहमति भएको थियो ।  यो ब्लडमनि
दिएपछि तिमिल्सिना साउदीको जेलबाट छुटकारा पाउनेछन् ।

एनआरएनले पीडित पक्षलाई रकम दिनको लागि रियादस्थित नेपाली
दुताबासलाई हस्तान्तरण गर्ने तयारी भएको  महासचिब
तेजबहादुर थापाले बताए।