साउदी अरब
(अर्घाखाँचीडट्कम) प्रबासी नेपाली मंच साउदी अरबिया अन्तर्गत अलकसिम क्षेत्रीय
कमिटीको बैठक
विभिन्न निर्णय गर्दै सप्पन्न भएको छ । कमिटीका अध्यक्ष पदम
क्षेत्रीको अध्यक्षतामा र सचिब युगल राजेन्द्र को
संचालनमा बैठक सम्पन्न भएको हो ।
बैठकले इकाइ
कमिटी गठन प्रकृया र साधारण सदस्यता अबिबृधी लाई तिब्रता दिने निर्णय लाई
प्राथमिकतामा राख्दै
क्षेत्रीय कमिटी
अलकसिमको को आकस्मिक बैठक को निर्णय
अनुसार धनकुटा जिल्ला जितपुर घर भै हाल दुबै
मिर्गौला फेल भै काठमाडौको त्री बि
शिक्षण अस्पताल मा उपचाररत काल बहादुर पुलामिको मिर्गौला प्रत्यारोपण को
लागि
प्रबासी नेपाली मंचअलकसिम ले केही आर्थिक
सहयोग गर्ने धेयले केही दिन पहिले देखि
सहयोग संकलन
अभियान चलायेको थियो ।
उक्त अभियन लाई
साथ दिई सफल बनाइ दिनु हुने सम्पुर्ण सहयोगी मित्रहरुमा क्षेत्रीय कमिटी
अलकसिम परिवार
हार्दिक आभार प्रकट गरेको छ
। साथै पीडित भाइको स्वास्थ लाभ को कामना सहित संकलन भएको रकम जम्मा
६१०२ साउदी
रियल अर्थात् झण्डै एक लाख७० हजार ने रु
पीडित का दाइ धन पुलामी लाई प्रबासी
नेपाली मंच
अलकसिमका अध्यक्ष पदम क्षेत्री
को हात बाट हस्तान्तरण गरिएको छ।



