इजरायल (अर्घाखाँचीडट्कम) प्रबासी नेपाली मंच, इजरायलले चितवन रत्नगर निबासी पीडक जीवन थापाले फिलिपिनो नागरिक जोयालिन ग्रेस तेलेरोमा माइजोरेस ( जोया ) संग प्रेम विवाह गरी २ वटा बच्चा जन्माए पश्चात मेरो श्रीमती र छोराहरु होइनन् भनेर अनेक यातना दिए पछि चितवनकै एउटा संस्था आदर्श गृहको पहलमा फिलिपिन्स राजदुताबासले नेपाल सरकारलाई ७ लाख जरिवाना बुझाएर मिती १५ /८ /२०१६ मा जोयालाई फिलिपिन्स फर्काएको समाचार सामाजिक संजालमा भाइरल बनेपछि देश तथा विदेशमा रहेका जिम्मेवार नेपाली नागरिकहरु सहित प्रबासी नेपाली मंच इजरायलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ |
प्रवासी नेपाली मन्च इजरायल का अध्यक्ष तिर्थ गौतम सचीब लक्ष्मी अनुरागी र महीला बिभाग प्रमुख सुमित्रा आचार्य (भण्डारी ) सहीत को टोलीले कामु राजदुत रामेश्वर पौडेललाई नेपाली राजदुताबास मार्फत नेपाल सरकार लाई पिडित पक्षलाई न्याय दिलाईयोस भन्ने माग सहितको ज्ञापन पत्र बुझाएको छ |