अर्घाखाँची डट्कम् । दुबई , भदौ ८ – रक्तिम कलाकारको टोली युएई आइपुगेको छ । रक्तिम नेपालका अध्यक्ष तथा जनगायक जीवन शर्मा नेत्रित्वको टोली मंगलबर युएई आइ पुगेको हो । टोलीमा रक्तिम अभियान नेपालका सल्लाहकार तथा प्रगतिशिल पत्रकार संघका अध्यक्ष नारायण शर्मा, रक्तिमका कलाकार सुमन रोका र ज्योति फौंजा हुनुहुन्छ ।युएई नेपाली एकता समाजले आयोजना गर्न लागेको ‘रक्तिम साझ २०१६’मा सहभागी हुन रक्तिमको टोली यहाँ आएको हो । टोलीलाई जबिलालीमा रहेको अलमक्तुम अन्तरास्ट्रिय बीमानस्थलमा पुगेर आयोजक तथा शुभेच्छुकहरुले स्वागत गरेका थिए ।
टोलीले युएईमा बसुन्जेल दुई फरक-फरक स्थानमा आफ्नो प्रस्तुती देखाउने छन । उनीहरुले अगस्त २६ (भाद्र १० गते शुक्रबार ) बाग्लुङ सेवा समाज क्षेत्रिय समिति र दाङ देउखुरी सेवा समाजको सम्युत्त आयोजनामा युएईको रसअलखेमा नखिलमा रहेको भेनिस रेस्टुरेन्टमा र सेप्टेम्बर २ (भाद्र १७ गते) युएई नेपाली एकता समाजको आयोजनामा शुक्रबार दुबईको स्विट इम्पेरियल होटलमा रक्तिमका बिभिन्न प्रस्तुती देखाउने कार्यक्रम तय गरिएको छ ।
दुबईमा पत्रकार,संघ-सस्था तथा ब्यवसायी प्रतिनिधिहरुसँग भेटघाट
युएई आईपुगेको रक्तिम टोलीले युएईमा रहेका कृयशिल पत्रकार तथा बिभिन्न संघसस्थाका प्रतिनिधि नेपाली ब्यवसायीहरुसँग भेटघाट गर्नुभएको छ । बर दुबईमा रहेको हिमालयन रेष्टुरेण्टमा भएको भेटभेटघाट कार्यक्रममा कलाकारलाई आयोजक युएई नेपाली एकता समाजले स्वागत गरेको थियो भने उपस्थित प्रतिनिधिहरुले रक्तिमको तीज बिशेष कार्यक्रम बारे छलफल गर्नुभएको थियो । जनगायक जीवन शर्माको प्रमुख आतिथ्यता र रक्तिम कलाकारहरु नारायण शर्मा (पत्रकार) , सुमन रोका , ज्योति फौंजाको बिशेष आतिथ्यता तथा यहाँ रहेका बिभिन्न संघसस्थाका प्रतिनिधिको आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष त्रिलोचन कोईराला , सचिव सन्कल्प खनाल , केन्द्रिय प्रतिनिधि भुपराज बस्याल , पत्रकार लाल बहादुर ढेंगा , नेपाली समाज युएईका महासचिव मणी भुर्तेल, ब्यवसायी सालीक सुवेदी, एकेन्द्र थापा लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा उठेका जिज्ञासाको जनगायक जीवन शर्माले सरलीकरण गर्नु भएको थियो । उहाले देशको राष्ट्रियता र फेरिएको परिवेश सगैं प्रगतीशिल भाकामा रक्तिमले तीज मनाउन लागेको बताउनु भएको थियो । समाजका अध्यक्ष कृष्ण केसीको अध्यक्षता तथा महासचिव प्रेम भण्डारीको सन्चालनमा भएको कार्यक्रममा पत्रकार , संघसस्था तथा ब्यवसायी गरी झन्डै तीन दर्जन प्रतिनिधिको उपस्थिती थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै समाजले तीज बिशेष रुपमा युएईमा आयोजना गरेको सास्कृतिक कार्यक्रम बारे समाजका केन्द्रिय सदस्य यम पुनले प्रस्टाउनु भएको थियो ।