युबराज केसी
बहराइन (अर्घाखाँचीडट्कम) । अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराइनको आयोजनामा बहराइनमा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
तिज कार्यक्रममा प्रमुख अतिथि नेपाली दूतावास बहराइनका कार्यबाहक राजदुत खगराज पान्डे तथा कार्यक्रमको सभापति समाजकी कार्यबाहक अध्यक्ष पबित्रा राईले उद्धघाटन गरेका थिए ।
कार्यक्रम बहराइनबासीहरुको एवम् आम नेपालीको मन जित्न सफल रहेका चर्चित लोक गायक आसिम मतले सन्चालन गरेका थिए ।
सो कार्यक्रममा सरिता दर्लामीले उपस्तिथि दर्शनहरुलाई शुभकामना मन्तव्य राखेका थिए भने नेपाली एम्बेस्सी कार्यवाहक राजदूत खगराज पान्डेले मनतव्य राख्दै बहराइन सम्पुर्ण नेपालीलाई तिज शुभकामना ब्यक्त गर्दै बहराइनमा भएर पनि नेपालीहरुको चाड पर्व सस्कृतीलाई सम्झेर बहराइन नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई तिज मनाउन अवसर दिने अन्तराष्ट्रिय कलाकार समाज प्रती खुशी प्रकट गरेका थिए ।
साथै सोही कार्यक्रममा मनतव्य राख्ने क्रममा नेपाली कल्ब बहराइन अध्यक्ष कमल श्रेष्ठले पनि सम्पुर्ण नेपालीलाई तिज शुभकामना दिए भने सोही क्रममा कार्यवाहक अध्यक्ष सभापति पबित्रा राइले उपस्थिति सम्पुर्ण दर्शकहरुलाई धन्यवाद प्रकट गरि कार्यक्रमको समापन भएको घोषणा गरिएको थियो ।
नेपाली चेलीबेटीहरुलाई नाचगानबाट भब्यताका साथ राती १२ बजे सम्म उपस्तिथि दर्शकले नाच गान रमाइलो गरि तिज भब्यताका मनाएका थिए सो कार्यक्रममा नेपाली चेलीबेटीहरुले नेपालमै भएर तिज मनाएको महसुस सम्म गरेका थिए ।
सो कार्यक्रममा उपस्थिति दर्शकहरुलाई दहरको ब्यवस्था पनि थियो।
सो कार्यक्रम बहराइन कर्नाटाका सोसियल क्लब हल गुदबिया मानमा भएको थियो ।