शेयरबजार सकारात्मक, नेप्से पुनः १८ सय माथि पुग्यो

साताको अन्तिम दिन विहीबार पनि शेयरबजार सकारात्मक रहेर थामियो । नेप्से पुनः १८ सय माथि पुग्यो ।
उतार-चढावबीच बजार परिसूचक नेप्से ७ अंकले उकालो लागेर १८ सय ५ पुगेर थामियो । विकास बैंक, वाणिज्य बैंक र वित्त समूह सकारात्मक रहेसँगै अरु समूह ऋणात्मक रहँदा पनि नेप्से सकारात्मक रहन पुगेको हो ।
विकास बैंक समूह सबैभन्दा उच्च २२ अंकले र वाणिज्य बैंक समूह पनि ११ अंकले उकालो लाग्यो । बीमा र जलविद्युत् समूह दोहोरो अंकले झरे भने अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४४ कम्पनीको १८ लाख बराबर कित्ता शेयर १ अर्ब ३६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।