दक्षिण अमेरिकी मुलुक चिलीमा मनायो NSC ले तीज बिशेष कार्यक्रम

अमर पुन/पिएसएम व्युरो 
एकीके,चीली ।  दक्षिण अमेरिका चीलीको सुदुर उत्तरी अटाकामा मरुभूमि नजिकैको भाग एकिके वन्द्रगाह निकट नेपाली समाज चीलीको मुख्यालय रहेकै सहरमा नेपाली नारीहरुको महान चाड तीज बिशेष कार्यक्रम भव्यताको साथ सम्मपन्न भएको छ । 
संस्थाको महिला उपादक्ष्य राधिका आचार्यको संयोजकत्वमा आयोजित तीज मिलन कार्यक्रम संस्थाको संस्थापक सदस्य इच्छा गुरुङ,महिला विभाग संयोजक बिन्दु थापा,सदस्य कमला खनालको व्यावस्थापनमा भएको यस कार्यक्रममा नेपाली नारीहरुको व्यापक उपस्थिति रहेको थियो । तीज मिलन कार्यक्रममा दरखाने,नेपाली तीजको गीतमा नाच गान गरी रमाईलो गरिएको थियो ।
तीज मिलन कार्यक्रममा नेपाली समाज चिलीका अध्यक्ष कृष्ण थापा,सचिव अमर पुन लगायतले यसरी विदेशी भूमि त्यो पनी संसारकै अन्तिम मुलुक चीलीमा रहेता पनी नेपाली संस्कृतिको मर्यादालाई सम्मान गरेकोमा सम्पूर्ण महिलालाई शुभ कामना दिनु भएको थियो । कार्यक्रममा नेपाली भेषाभुषामा नेपाली दाजुभाई तथा दिदी वहिनीको व्यापक उपस्थिती रहेको थियो । तस्वीर अमर पुन/पिएसएम व्युरो