पोर्तुगल नेपाल डेनमाकर्कको मैत्री संगठनको साधारण सभा तथा तथा हरितालिका तीज २०१६ एक कार्यक्रम गरी सम्पन्न

पोर्तुगल । पोर्तुगल नेपाल डेनमाकर्कको मैत्री संगठनको साधारण सभा तथा तथा हरितालिका तीज २०१६ एक कार्यक्रम गरी सम्पन्न भएको छ ।
नेपाल बाट बैदेशिक रोजगारको सिलसिलामा पोर्तुगलको स्थाही नागरिकता प्राप्त गरे पश्चात डेनमार्क मा बसोबास गर्ने नेपाली मुलका पोर्तुगिस नागरिकहरुको सामाजिक संगठन ‘पोर्तुगल नेपाल डेनमार्क मैत्री संगठन’ ले हरेक वर्ष नेपाली नारी हरुको महान चाड हरितालिका को दर खाने तथा नाचगान कार्यक्रम राख्ने गर्दछ। उक्त कार्यक्रम मा २१ परिवारका लगभग ७० सदस्य हरुको उपस्थिति रहेको थियो।
उक्त साधारण सभा निबर्तमान अधक्ष्य डिलाराम कंडेल को सभापतित्तो मा बसेको थियो । निबर्तमान महासचिब सुरेन्द्र अमगाई द्वारा बार्षिक पर्तिबेदन र आय व्यय प्रस्तुत गर्नु भएको थियो । उक्त साधारण सभा ले आगामी वर्ष को लागि नयाँ कार्य समिति को चयन गरेको थियो ।
नयाँ कार्य समितिको अध्यक्ष्यमा सुनिल कुमार श्रेष्ट, उपअध्यक्ष्यमा ईश्वर शर्मा र रामचन्द्र सापकोटा, महा सचिबमा कृष्ण प्रसाद खनाल,सचिबमा ध्रुब मल्ल, कोषाध्यक्ष्यमा विमला खरेल र सदस्यहरुमा नारायण बस्याल, तारापति कंडेल, नारायण मिश्र, कोमल देबी पुर्जा, सारदा ढकाल, रहेका छन् भने सल्लाहकारमा डिलाराम कंडेल सोमनाथ सापकोटा र केश बहादुर बुढा मगर रहेका छन् ।