साउदी अरब (अर्घाखाँचीडट्कम) नेपालका गाउ, बेशी र शहरहरूमा चारै तिर तिजको लरह फैलिदै गर्दा हिजो साउदी अरबको जुबेल पनि तिजमय बतावरण बन्यो । तिजको लहरमा नेपाली चेलीहरू रहर फेरि दर खादै तिजमा रमाए ।
नेपाली महिलाहरूको महान चाड हरितालिका तिजको शुभ अवसर पारेर गैर आवासीय नेपाली संघ स्थानिय समन्वय समिति जुबेलले तिज बिशेष कार्यक्रम आयोजना गरेको हो । एलसिसि जुबेलका अध्यक्ष ओम फुयालको सभपतित्वसमा आयोजित कार्यक्रम, साउदी अरबको जुबेल स्थित कुक जोन होटेल हलमा सम्पन्न भएको थियो । तिज बिशेष कार्यक्रमका एनआरएनए एनसिसी साउदी अरबका अध्यक्ष नारायण पासवानको प्रमुख आथित्यमा र एनसिसि साउदी अरबका प्रमुख संरक्षक पुरूषोत्तम दास श्रेष्ठ, राजदूतावासका स्थानिय कर्मचारी हरि घिमिरे ,एनसिसि साउदी अरबका उपाध्यक्ष डमर यादव, महासचिव तेज बहादुर थापा लगायतका अथितीको रुपमा उपस्थी भएका थिए ।

राष्ट्रिय गानको धुनले गञ्जयमान बनेको हलमा पुर्व एनसिसि केन्द्रिय सदस्य तथा आयोजक कमिटि सदस्य चन्द्र प्रकाश भण्डारीले शुभकामना मन्तव्य दिनु भएको थियो । दर बिशेष कार्यक्रम अन्तर्गत नेपाली चेलिहरू क्रमशः सनिता श्रेष्ठ, रबिना अर्याल, लक्ष्मी रावल, सैफा अजिजा खान, सिला राइ, अनुजा थापा, एलिसा राइ, तुल्सि गुरूङ, पुष्पा राइ, दिलु राइ, शोभा घिमिरे, बिन्ती श्रेष्ठ, लिला हुमागाइँ, पूजा के. सी., प्रजिता मुडभरी, जेनी तामाङ, रोशनि तामाङ, रोजिना तामाङ, सरीता पाण्डे, मन्जु पोख्रेल, श्रृति तकाछे श्रेष्ठ आदी लाइ कार्यक्रमका सभापति, प्रमुख अथिति, बिशेष अथिति तथा अथितिहरूद्वारा दर खुवाइएको थियो ।

स्थानिय कलाकारहरू, राजन सुबेदी, चन्द्रमान तामाङ लगायतका कलाकारहरूले आ आफ्नो कला र प्रतिभा प्रस्तुत गर्नुभएको थियो भने तमुधि प्रवास शाखा साउदी अरबकी केन्द्रिय सदस्य तुलसि गुरूङ, एनआरएनए एनसिसि साउदी अरबकी भूतपूर्व सल्लाहकार बिन्ति श्रेष्ठ, बर्तमान महासचिव तेज थापा, एनसिसि साउदी अरबका प्रमुख संरक्षक पुरूषोत्तम दास श्रेष्ठ, एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवान नेपाली दूतावसाका स्थानिय कर्मचारी हरि घिमिरे लगायतले हरितालिका तिज बिशेष शुभकामना मन्तव्य दिनु भएको थियो । नेपाली चेलीहरूको तिज बिशेष गित, संगित, नृत्यसँगै कार्यक्रमका सभापति ओम फुयालद्वारा कार्यक्रम समापन गरिएको थियो ।