दिल्ली स्थित नेपाली देशभक्त आवाजको पहलमा एक नेपाली महिलाको उद्दार

बाबु रोका मगर 
धेरै पैसा कमाउने उद्देश्य र आफ्नो पारिबारिक समस्याले बाध्यतावस बिदेश जाने नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुको अबस्था प्राय दयनिय भएको भेटिएको छ । यिनै बाध्यता र रहरको मौका छोपी आफ्नै नेपाली दलालहरु उनिहरुको मजबुरिको फाइदा उठाउन सफल भएका छन मानव तस्करी को मुख्य द्दार भारतको राजधानी जहाँ कयौं नेपालीहरु लाई दिल्ली हुँदै श्रीलंका सिरिया, इराक, कुवेत,दुवै, साउदी लगायत अन्य देशहरुमा पठाइन्छ जहाँ पुगेपछि नेपालीहरुले भने बमोजिम तलब सुबिधा नपाउनुका साथै उल्टै मानसिक तथा शारीरिक यातना खेपेर बस्नु पर्ने या अन्तिम अबस्थामा फर्केर आउनु पर्ने धेरै घटनाहरु धेरै जनमास लाई अबगत नै छ ।
यस्तै मोरङ निवासी बर्ष 42 कि बिमला देवि खरेल लाई पनि दलालहरुले गत बर्ष नोभेम्बर मा दिल्ली हुँदै श्रीलंका बाट ओमन पुर्याइएको थियो एक बर्ष पूरा नहुदै सेप्टेम्बर १० को दिन उनलाई दिल्ली अन्तर्राष्ट्रिय विमान स्थलमा मानसिक स्थिति ठिक नभएको अबस्थामा फेला पारेपछि एयरपोर्ट का कर्मचारीले उनको झोला खोलेर हेर्दा नेपाली पासपोर्ट भेटाएपछी केही बेरमा दिल्ली स्थित सामाजिक संस्था  नेपाली देशभक्त आवाजलाइ यस्को जानकारी आएको थियो उक्त जानकारी अनुसार संस्थाका पदाधिकारी हरुले तुरुन्तै एक्सन लिएर बिमला देबि लाई नेपाली राजदुतावास मा इन्डिया एयरलाइन्स का चार जना कर्मचारी को साथमा लिएर आएपछी आइतबार छुट्टी को दिन मा पनि नेपाली राजदुतावास कि कर्मचारी सृजना अधिकारी संग भेट गरि पिडित लाई नेपाल सम्म पुर्याउने वारेमा छलफल गरि उनलाइ माइती नेपाल कि प्रतीनिधि इन्दिरा पान्डे को जिम्मा लगाइ नेपाल महेन्द्र नगर सम्म सुरक्षा कर्मिको रोहबरमा उनलाइ बुझाइएको छ ।
पिडित महिला लाइ देख्दा उनि माथि शारीरिक तथा मानशिक शोषण भएको अनुमान गरिएको छ | उनि राम्रो संग कुरा गर्न नसक्ने अबस्थामा भेटिएकी थिइन आफु माथि के बितेको हो किन कसरि यहा सम्म आइपुगिन कुनै जानकारी मिलेको छैन किनकि उनको टिकट ओमन बाट दिल्ली र दिल्ली बाट काठमाण्डौ को लागि बनाएको तर सबै टिकट रद्द गरिएको लिस्ट एयर इन्डियाका कर्मचारीहरुले प्रमाण स्वरुप देखाएका थिए | महेन्द्र नगर पुगेपछि सरकारी अस्पतालमा उनलाई उपचार गराइएको थियो उपचार पछि केहि सुधार आएको जानकारी इन्दिरा पाण्डे ले बताइन |