सुरेश राज त्रिपाठी
साउदी अरब । मुस्लिम समुदायको दोस्रो महान् पर्व इद अल अधा को उपलक्ष्यमा साउदी अरबको राजधानी रियादमा रियाद लांघाली स्पोर्ट ग्रुपले साउदी अरब स्तरीय अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।
गत सेप्टेम्बर १०, राती ११ बजेबाट सुरु भएर दुई दिनसम्म चलेको उक्त भलिबल प्रतियोगिताको उद्घाटन नेपाली राजदुताबास, रियादका कार्यबाहक राजदुत आनन्दप्रसाद शर्माले गर्नुभएको थियो । रियाद लांघाली स्पोर्ट ग्रुपका अध्यक्ष दीपक रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा भाग लिन टाढा-टाढाबाट खेलाडी र दर्शक आएका थिए । यस प्रतियोगिताको समापन १२ सेप्टेम्बर बिहान ११ : ३० बजे गरिएको थियो ।
आयोजकका अनुसार, उक्त प्रतियोगितमा खेलको पहिलो दिन धेरै कम्पनिहरुमा ईद बिदा सुरु नभएकोले दर्शकहरुको उपस्थिती बिगतका गेमहरुको तुलनामा अली कम भए पनि खेलको दोस्रो दिन करिब तीन हजार जनाको सहभागिता थियो । खेलको उद्घाटन समारोहमा रियादस्थित नेपाली दूताबासमा काबा राजदुत लगायत अन्य पदाधिकारीहरुको पनी उपस्थिती रहेको थियो ।
खेलको संचालन आयोजक टिमका नमराज लामिछाने ज्यु र रुद्र कुमार कार्की ज्युबाट भएको थियो तर खेल दुई दिन सम्म चलेकोले कार्यक्रम संचालन गर्न आयोजक टिम कै तर्फबाट सुरेशराज त्रिपाठी, अरुण बेलबासे लगायत अन्य साथीहरुले सहयोग गर्नुभएको थियो ।
२६ वटा टिमको सहभागिता रहेको यस गेमलाई सुरु देखी अन्त्य सम्म निश्पक्ष र धाँदली रहित रुपमा नेपाल भलिबल संघका राष्ट्रिय भलिबल रेफ्री थमन गुरुङ र क्षेत्रिय रेफ्री राम गुरुङले खेलाएका थिए ।
प्रतिस्पर्धात्मक खेल निकै नै रोमान्चकारी भएको थियो भने खेलको अन्तिमसम्म पनि दर्शकहरु भोक, प्यास, निन्द्रा, घाम केही नभनी एकदमै उमङ्गका साथ हुटिङ गर्दै थिए । खेलाडीहरु उत्साह र जोशका साथ भिडिरहेका देखिन्थे भलिबल प्रतियोगिताको प्रथम उपाधी हात पार्न पश्चिमाञ्चल टिम सफल भएको थियो भने दोस्रो उपाधि आयोजक टिम रियाद लाङ्घाली टिमले हात पारेको थियो ।
तेस्रो उपाधी अल खलदिया टिमको हातमा पुगेको छ । आयोजक रियाद लांघाली स्पोर्ट ग्रुपले प्रथम हुने टिमलाई रु. ७२ हजार, कप , मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई रु ४३ हजार, कप, मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई रु. २२ हजार, कप, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरेको थियो । यस भलिबल प्रतियोगिताको उत्क्रिष्ट खेलाडी आयोजक रियाद लांघाली टिमका सुकराम चौधरिलाई प्रदान गरिएको थियो, उनलाई अझै प्रोत्साहन बढाउन समाजसेबी अमृत पौडेल ज्युले रु.४,५००/- पुरस्कार प्रदान गर्नुभएको थियो ।