नेपाल बृद्दाश्रम बन्ने खतरा बढ्यो, स्वदेशमै रोजगारीको बाताबरण बनाउनु पर्छ : नारायणकाजी श्रेष्ठ

राजु खनाल
साउदी अरब (अर्घाखाँचीडट्कम) । नेपाली जन प्रगतिशील मंच साउदी अरबको चौथो महाधिवेशन उद्घाटन गर्न साउदी आइपुगेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायण काजी श्रेष्ठ सग यहाँ कृयासिल विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र मेडियाकर्मी हरु सग अन्तरक्रिया कार्यक्रम सम्म्न्न भएको छ । 
नेपाली राजदुतावासको पहलमा भएको उक्त कार्यक्रमको संचालन काबा राजदुत आनन्द प्रसाद शर्माले गरेका थिए । कार्यक्रम श्रमिक समस्यामानै केन्द्रित थियो । 
विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले उठाएका प्रश्नहरुको जबाफ दिदै आफू श्रमिक समस्या समाधानमा लाग्ने र सम्बन्धित पक्षलाई बारम्बार घचघचाई रहने बताए। 
युबाहरु बिदेसिदा नेपाल बृद्धाश्रम बन्ने खतरा बढेकोले स्वदेशमा रोजगारको बाताबरण बनाउनु पर्नेमा जोड दिए । बारम्बार सरकार फेरिदा राम्रो सन्देश नजाने भएकोले निर्बाचित कार्यकारी प्रमुख हुनु पर्नेमा जोड दिए।