नेपाली कलाकार समुह नागले पहिलो बार्षिक उत्स्वव मनायो

बाबुराम पाण्डे /अर्घाखाँची डट्कम् – युएई । नेपाली कलाकार समुह युएई सारजाह क्षेत्रियले आफ्नो पहिलो बार्षिक उत्सब फुजेरा र ओमनको सीमानामा एक कार्यक्रम बीच भब्य रुपले रुपले मनाएको छ । बैदेशिक रोजगारीको सीलसिलामा युएईमा कार्यरत नेपालीहरुले आफ्नो कला सस्कृतिको सम्बर्दन र समरक्षण गर्ने उद्देश्यले युएईमा एक बर्ष पहिले नेपाली कलाकार समुह नागको स्थापना गरिएको थियो । 
पहिलो पटक सन २०१५ मा फुजेराहबाट सुरु गरिएको नागले अहिले युएईका सबै क्षेत्रमा आफ्नो शाखा विस्तार गरिरहेको छ । सोही समुह नागले आफ्नो स्थापनाको एक बर्ष पुगेको अवसरमा इद्द अल आधाको सार्वजनिक विदा पारेर कार्यक्रम गरेको हो । वार्षिक उत्सवका अवसरमा केक काटेर मनाइएको हो । 
नेपाली कलाकार समूह युएई सारजाह क्षेत्रिय समितिको अध्यक्ष गोमा पाण्डे अर्यालको सभापतित्वमा भएको कार्यक्रममा सस्थाका सरक्षक रतन थापाले स्वागत मन्तब्य दिनुभएको थियो । आफ्नो कला सस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले स्थापना गरिएको समुहले एकजुट भएर अगाडी बढ्ने सस्थाका महासचिब बिष्णु पाण्डेले बताउनु भयो । 
कार्यक्रममा युएईमा रहेका बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको समेत उपस्थिती थियो । कार्यक्रममा कलाकार हरी डुम्रेले आफ्नो प्रस्तुती दिनुभएको थियो । त्यस्तै कार्यक्रममा गोर्खा ब्यान्डले आफ्नो प्रस्तुती देखाएको थियो । 
स्थापनाको छोटो समयमानै नेपाली कला सस्कृतीको संरक्षण र सम्बर्द्धन गर्दै आएको यस सस्थाले युएईको विभिन्न शहरहरुमा दर्जनौ प्रख्यात कार्यक्रमहरुको आयोजना गरिसकेको छ। उक्त कार्यक्रमका प्रमुख अतिथी नाग संरक्षक एबम समाजसेवी रतन थापा, विशेष अतिथिहरुमा  नेपाली समाज युएई भुपु अध्यक्ष तथा कास्की आदर्श समाज सेवाका संरक्षक कृष्ण बहादुर ढकाल लगायत नाग कोषाध्यक्ष सागर लुईटेल साथै अन्य सस्थाका पदाधिकारिहरु एबम नागका शुभचिन्तकहरुको बाक्लो उपस्थिती रहेको थियो।
कार्यक्रममा दर्जनौं प्रबाशी नेपालीहरुको जमघटमा नाचगानका साथ नागको सफलता र बकर ईदको शुभकामना आदानप्रदान गरिएको थियो ।