देश बिकास नै अबको निकास भन्दै बाबुराम भट्टराई कोरियामा

झबिन्द्र बेल्बासे 
सोल । पूर्ब प्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक बाबुराम भट्टराई यतिबेला दक्षिण कोरियामा आउनुभएको छ ।  नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाजले गरेको बृहत् भेला तथा अन्तर कृयामा बोल्दै अबको केही बर्षमा  देशमा आर्थिक कायापलट गर्दै समृद्धि तर्फ देश लाई अघि बढाउन नयाँ शक्ति नेपालको उदय भएको बताउनु भयो ।
  राजधानी सोलमा सम्पन्न कार्यक्रममा सहभागी हरुले  आफ्ना धारणा  राख्नुभएको थियो ।  दक्षिण कोरियाका लागि कार्यबाहक राजदूत किरण शाक्यले देशमा उत्पदन बढाउने , आयातहुने कृषि उपज घटाएर  देशमै उत्पादन गर्ने  र रेमिटेन्स लाई सामुहिक लगानी मार्फत बिकासको आधार शिला खडा पार्नु पर्ने भन्दै सुभकामना ब्यक्त गर्नुभयो।
समय अनुसार परिबर्तनको खाँचो भएकोले युद्द होइन अब पुँजी संकलन र न्ययोचित  बितरण गर्दै आफ्नो पार्टी बाम लोकतान्त्रिक बिकासको सिद्धान्तको बटोमा हिडेको प्रबास प्रदेस प्रमुख नबराज सुबेदिले जिकिर गर्नुभयो ।
   बक्ता हरुले बोल्ने क्रममा आफ्नो  पार्टी र जन योद्दाको मर्म गलत्याएर नयाँ शक्ति खोलेको  भन्दै कटु आलोचना भएको थियो ।   बाक्लो उपस्थिति  रहेको उक्त कार्यक्रममा सयौंको संख्यामा पार्टी प्रवेश भएको थियो ।
यति बेला कोरियाको चाड छुसकको बिदा परेकाले धेरै नेपाली संघ  संस्थाले कार्यक्रम आयोजना गरेका छन  ।यति बेला  दर्जनौ कलाकारले सागितिक मनोरञ्जन  दिनुका साथै वरिष्ठ नेता हरुको आगमन भएको छ ।