शेयर बजारमा गिरावट जारी

बुधबार पनि शेयर बजारमा गिरावट जारी रह्यो ।
उतार-चढावबीच बजार परिसूचक नेप्से साढे ७ अंक बराबरले झरेर १७ सय ७९ मा आइपुग्यो ।
कारोबार पनि न्यून १ अर्ब तलै रह्यो । अन्य र विकास बैंकबाहेक अरु सबैजसो समूह ओरालो लागे ।
उत्पादनमूलक समूह सबैभन्दा उच्च ४९ अंकले झर्‍यो । बीमा समूह पनि ३४ अंकले ओरालो लाग्यो । जलविद्युत् र होटल समूह पनि दोहोरो अंकले झर्‍यो ।
वाणिज्य बैंक समूहमा ८ अंकको कमी आयो । अन्य र विकास बैंक समूह भने नगन्य अंकलेमात्र सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४२ कम्पनीको २२ लाख कित्ता शेयर ९६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।