अोमान । प्रवासी नेपाली मञ्च अोमानद्वारा अायोजित “दशैं विशेष” कार्यक्रम २०१६ अोमानको मष्कट स्थित अलमासा हल रूवीमा सफलता पूर्वक सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष गगन कार्कीको सभाध्यक्षतामा रहेको उक्त कार्यक्रमको सञ्चालन महासचिब सोमकृष्ण श्रेष्ठ, सचिब विश्णु चौंलागाई, अर्का सचिब दीपिका श्रेष्ठ र प्रचार विभाग प्रमुख पशुपति जीसीबाट रहेको थियो ।
नेपाली दुतावासका का.वा. राजदुत श्री रोजीना ताम्रकारको प्रमूख अातिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमाले साँस्कृतिक विभाग सदस्य एवं संगितकार अशोक राई विशेष अतिथी रहनु भएको थियो । यसै गरि अोमान स्थित सबै संघ संस्था प्रतिनिधीहरू क्रमशः वैचारिक संयन्त्रका संयोजक शोभाकान्त लामिछाने, गैर अावसीय संघ अोमान का अध्यक्ष दिपक श्रेष्ठ, अोमान नेपाली एकता समाजका उपाध्यक्ष जिवी लामा, नेपाली महिला समाज अोमानका अध्यक्ष पार्वती श्रेष्ठ, बुध्द भिजन अोमानका अध्यक्ष निमा तमाङ, सगरमाथा समुह अोमानका उपाध्यक्ष पदम अधिकारी, जन प्रगतीशिल मञ्च अोमानका महासचिब हेम अाचार्य, नेपाली जन सम्पर्क समिति अोमानका सभापति फर्सुराम पोखरेल, नेपाली समाज अोमानका सचिब भरत जंग राई, तमाङ्ग समाज अोमानका सदस्य विनोद वली तमाङ, मगर संघ अोमानका सल्लाहकार क्याप्टेन सेवन्त पुर्जा पुन, दलित एकता संजाल अोमानका सदस्य उमेश विक, अन्तर्राष्ट्रिय साहित्य समाज अोमानका अध्यक्ष दिलप्रसाद पौडेल लगाएतका संघसंस्था प्रतिनिधीहरू अतिथिको रूपमा रहेका थिए । यसै गरि चिप्स र दुध स्पोन्सर गर्नु हुने अल मुदिस कम्पनिका प्रेम भट्टराई, प्रवासी नेपाली मञ्चका बरिष्ठ सल्लाहकार डिल्लीराम पाण्डे र सल्लाहकार मान ब. श्रेष्ठ अनि नेपालबाट अाउनु भएका कलाकारहरू लोक गायक बद्री पंगिनी, गायक संजय तुम्रुक र गायिका दुर्गा परियारले पनि अातिथ्यताको अाशण ग्रहण गरेका थिए ।
गायक वद्री पंगिनीले यस्पाली दशैंमा अाउन पाउँदिन, लाउ चेली सिन्दुर लाउ लगाएतका मार्मिक र भावुक गीत पनि गायर हल नै स्तव्धद बनाउनु भएको थियो ।
राष्ट्रिय कलाकारहरूको प्रस्तुती संग संगै स्थानीय कलाकारहरूले पनि सुन्दर प्रस्तुती राख्दै हललाई थप तताउने काम भएको थियो । यसरी सुन्दर प्रस्तुती दिने कलाकारहरू क्रमशः रामु कुँवर( एकल नृत्य), दीपीका श्रेष्ठ(एकल नृत्य), अनिता तमाङ( एकल नृत्य, तमाङ समाज अोमान), चेतन मगर(कमेडी, मगर संघ अोमान) दिलप्रसाद पौडेल (गायन, अ.सा.स. अोमान), नारायण ज्ञवाली, गीता लिम्बु, र साथीहरू(सामुहिक नृत्य, रक्तिम साँस्कृतिक समुह अोमान), विनिता गुरूङ( एकल नृत्य) त्यसै गरि मुना नेपाल श्रेष्ठ र सोमकृष्ण श्रेष्ठ (गजल ,बाचन) रहेका थिए ।