साउदी अरब (अर्घाखाँचीडट्कम) रोजगारीको सिलसिलामा साउदी अरबको अलमराई कम्पनीमा आएका नेपालीहरुले विजयादशमीको साझ बिशेष सास्कृतिक कार्यक्रम गरी दशैँ मनाएका छन ।
सोहि कम्पनीका प्रबन्धक बिपिन श्रेष्ठको प्रमुख आथित्यमा साझ ७ बजे बाट सुरु भएको कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुको साथै एकल तथा सामुहिक नृत्यहरु , गजल, आधुनिक गित, बिभिन्न भाकाका लोकगित गीतहरु, कबिता तथा हास्यब्यंग प्रस्तुत गरिएको थियो ।
करिब तीनसय जनाको उपस्थिति रहेको सो कार्यक्रमको संचालन बसन्त राई र अमर श्रेष्ठको स्वागत भासण रहेको थियो ।




