जर्मनीको पर्यटकीय शहर म्युनिस्टरमा अन्तराष्ट्रिय कलाकार मंच जर्मनीको तेस्रो अधिवेशनको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना भएको छ ।

अन्तराष्ट्रिय कलाकार मंच जर्मनीका सल्लाहकार खड्ग न्यौपानेले राष्ट्रिय धुन बजाएर प्रारम्भ गर्नु भएको उक्त कार्यक्रममा मंचको स्थापनाकाल देखिको कामहरूको बृत्तचित्र प्रस्तुत गरिएको थियो । स्पेनमा बसोबास गर्दै आएकी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान युरोप अध्यक्ष सुमी घिमिरेले बिशेष प्रस्तुती दिएकी थिईन् । कार्यक्रममा रबिना सुनुवार, नानु लामा र मिलिसा गुरुङले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् ।
लोक गायिका सुमी घिमिरेसंग प्रतिष्ठानका बर्तमान् अध्यक्ष बेल गुरुङले दोहोरी खेल्न थालेपछि दर्शक दिर्घा महिला र पुरुषमा विभक्त भएका थिए । कार्यक्रममा हाँस्यरस छर्न पूर्वउपाध्यक्ष लक्ष्मण जोशीले चुट्किला र प्रहसन प्रस्तुत गरेका थिए भने डुसोलडोर्फ निवासी बिकास मोक्तानले आफ्नो दुई नयाँ सांगितिक कोसेली प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रमा हामी उठ्ने छौंका युरोप संयोजक लव थापाले हामी उठ्ने छौं अभियानको बृत्तचित्र प्रस्तुत गर्दै अभियानको वारेमा प्रकाश पर्नु भएको थियो ।
कान्तिपुर साप्ताहिक