डेनमार्क – बडा दशैं २०७३ को अवसर पारेर पोर्तुगल नेपाल डेनमार्क मैत्री समाजले शुभकामना आदानप्रदान कार्यक्रम तथा दशैं भोज को आयोजना गरेको छ ।
अक्टोबर १२ को दिन कोपेन्हागेन को रिन्गेरतोफ़्तेन हल मा आयोजना भएको उक्त कार्यक्रम मा डेनमार्क मा बसोबास गर्दै आएका पोर्तुगिस नेपालीहरु , आफन्त , साथीहरु लगाएत डेनमार्कका विभिन्न सस्थाहरुका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
नेपाल बाट आएका आफन्त हरुको पनि उपथित भएको उक्त कार्यक्रममा विभिन्न नेपाली संगीतको साथ् मा खुसियाली साथै शुभकामना आदान प्रदान भएको थियो. दिउसो ४ बजे सुरु भएर बेलुकी ११ बजे समाप्त भएको उक्त कार्यक्रममा एन आर एन डेनमार्क का अधक्ष्य दिपेन्द्र चुडाल , अभियान नेपाल डेनमार्क का अधक्ष्य शसि श्रेष्ठ , जन सम्पर्क समिति डेनमार्क का अधक्ष्य नव राज आचार्य ( नबिन ) को समेत उपस्थिति रहेको थियो ।