अर्घाखाँची प्रवासी समाज तथा सुपादेउराली बचत खाताले बहराइनमा नियमित बैठकको अवसर मिलाएर दसै मनायो

 युबराज केसी
बहराइन । अर्घाखाँची प्रवासी समाज एवम् सुपादेउराली बचत खाताले निमयमीत बैठकको अवसर मिलाएर २०७३ सालको बिजया दशमी अध्यक्ष युबराजको सभापतित्व एवम् सल्लाहकार पशुपति श्रेष्ठको प्रमुख अतिथी एवम् अर्घाखाँची प्रवासी समाजका शुभचिन्तक आसिम महत को विशेष अतिथिमा महासचिव कमल घिमिरे ज्युको सन्चालनमा कार्यक्रम सुरु भएको थियो।
उक्त कार्यक्रममा उपस्थिति सम्पुर्ण जिल्ला बासिहरुले दसैको शुभकामना आर्दान प्रदान गर्नु भएको थियो भने शुभकामना पोछी दसैको टीका सुरु गरिएको थियो सो बिजया दशमिको टीका अध्यक्ष युबराजको हात बाट उपस्थिति जिल्ला बासिलाइ ग्रहण गरिएको थियो।
world news
उक्त टीका ग्रहण पोछी खाना पिन कार्यक्रम सुरु गरिएको थियो भने। सो बिजया दशमिको अवसरमा अर्घाखाँची  प्रवासी समाजले सम्पुर्ण जिल्लाका सदस्यहरुलाइ यश बर्सको दसैको पवन अवसरमा टिसर्ट सुपादेउराली बचत खाताका सयोजक एवम् प्रवासी समाजका सचीव  शिव थापा बाट हस्तान्तरण गरिएको थियो।भने साथमा नियमित बैठक  एवम् सुपादेउरालिको बचत खाता को बैठक पनि चलिरहेको थियो।
उक्त बैठक बाट समाज मा हुँदै आएका गतिविधि र समाजको आय ब्याय हिसाब् किताब सचीव शिव थापा , कृष्ण प्रसाद गैरे ज्यु ले प्रादेशिक  गर्नु, भएको थियो भने।सो २०७३ सालको बिजया दशमी प्रवासमा रहेर पनि यसरी मनाउन पाउँदा जिल्ला बासीहरु धेरै खुशियाली देखिनुहुन्थ्यो भने विशेष अतिथी आसिम महत ज्युले अर्घाखाँची जिल्ला बासिलाइ शुभकामना ब्याक्त गर्दै आफू गुल्मी जिल्ला घर भए ता पनि आफु हुर्के बडेको, पढेको  जिल्ला अर्घाखाँची भनेर आज अर्घाखाँची जिल्ला को सो कार्यक्रममा उपस्थिति हुन पाउँदा आफुलाइ अर्घाखाँची जिल्ला को माया अत्यन्तै लाग्ने र आफू पनि अर्घाखाँची जिल्ला बासी सङ सगै रहेको महसुस गर्नु भएको थियो भने सम्पुर्ण जिल्ला बासिलाइ यसरी नै निरन्तर मिलेर अगाडि बढ्न सुझाव दिई दसैको शुभकामना ब्याक्त गर्नु भएको थियो।उक्त कार्यक्रम करिब तीन घन्टा चलेको थियो।
उक्त कार्यक्रममा उपस्थिति हुन नसक्नु भएका र दसै घर बिदामा जानू भएका सम्पुर्णलाई अन्त्यमा अध्यक्ष युबराज के सि ज्युले बिजया दशमिको शुभकामना ब्याक्त गर्दै आउने दिनमा पनि यसरी जिल्ला बासी उपस्थिति भैइ दसै मनाउन पाइयोस् भन्दै सो कार्यक्रम समापन गर्नु भएको थियो।