युबराज केसी
नेप्लिज वेलफेयर सोसाइटी बहराइनको नेतृत्वमा बहराइनका करिब १९ वटा संघ -संस्था संगठन मिलेर संयुक्त रुपमा बहराइनको राजधानी मानमामा अवस्थित फुड सिटि रेष्टुरेन्टको सभाहलमा १४ अक्टुबर २०१६ का दिन भब्य रुपमा बिजया दशमी कार्यक्रम सम्पन्न भएको छ।दशै विशेष कार्यक्रम नेप्लिज वेल्फेर सोसाइटी बहराइनका अध्यक्ष शालिकराम पन्तको सभापतित्व तथा संचालन बिरेन्द्र बुढाथोकीले गर्नु भएको थियो। प्रमुख अतिथि बहराइन नेपाली राजदुतावास कार्यबाहक राजदूत महामहिम खगराज पाण्डे ज्युले गर्नु भएको थियो।

विशेष अतिथि बरिस्ठ समाजसेवी गम गुरुङ् प्रोफेसर डा. मेदनी प्र. भण्डारी लगायत नेपाली राजदुताबास बहराइनका सपरिवार, बहराइनमा भएका विभिन्न राजनैतिक पार्टीका भात्रृ संगसंगठनहरु , बिभिन्न सामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरु,बहराइनका बिभिन्न मिडियाका बरिष्ठ पत्रकारहरु,नेपालका बिभिन्न पत्रपत्रिका तथा अनलाइन पत्रकारहरु कलाकारहरूको उल्लेख उपस्थिति रहेको थियो । सोहि अवसरमा सो कार्यक्रमका सयोजक यादव देवकोटाले उपस्थिति पाउनाहरुलाइ स्वागत मन्तव्य दिई स्वागत गर्नु भएको थियो भने विभिन्न राजनैतिक पार्टीका भात्रृ संगसंगठनका प्रतिनिधिहरु,सामाजिक संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।सोहि अवसरमा बहराइनका लागि नेपाली कार्यबाहक राजदुत महामहिम खगराज पाण्डेले बिजया दशमीको शुभकामना व्यक्त गर्नुभएको थियो।सो अवसरमा बोल्दै उहाँले उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई शुभकामनाको साथमा समाचार संकलनमा उपस्थित बहराइनका तथा नेपाली पत्रकारहरूलाई धन्यवाद दिनु भएको थियो।हिमाल घिमिरे ज्यु ले बिदेशी पाउनाहरुको लागि इङलिस बाट आफ्नो कल्चरको बारेमा स्पष्टता बताउदै शुभकामना ब्याक्त गर्नु भएको थियो भने गम बहादुर गुरुङ ज्यु ले मेला पर्व भनेको सबै आम नेपाली दाजुभाइ दिदिबहिनी हरुको हो यसमा कुनै जातभात हुदैन भनी आम नेपालीलाई बिजया दशमी एवम् कुनै पनि नेपाली मेला पर्व हामी नेपालीको कला सस्कृती हो यसमा कुनै जातीयता घुसपैठ नगरी समग्रमा नेपाली पन बनाएर नेपाली मेला पर्व मनाउनु पर्छ भनी वेल्फेर सोसाइटी एवम् १९ सस्थाले बहराइन कार्यरत नेपाली लाई एकताको सकारात्मक सन्देश सन्सार भर पुग्ने छ भनी शुभकामना ब्याक्त गर्नु भएको थियो। प्रोफेसर बेदानि प्रसाद भण्डारीले पनि आफू यसरी सबैको साथमा बिजया दशमी मनाउने अवसर मिलेकोमा खुशी ब्याक्त गर्दै शुभकामना ब्याक्त गर्नु भएको थियो।साथै दशैं विशेष कार्यक्रमको आयोजकमा निम्न सस्थाहरु थिए।
१) नेपाली जनसम्पर्क समिती ,
२) प्रवाशी नेपाली मंच
३) नेपाली जनप्रगतीशिल मन्च
४) बहराइन नेपाली एकता समाज
५) अर्घाखाँची प्रवाशी समाज
६) अन्तर्राष्ट्रिय कलाकार मन्च
७) अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज
८) बागलुङ सेवा समाज
९) चितवन सेवा समाज
१०) दलित एकता संजाल नेपाल , बहराइन
११) डि एक्स एन बहराइन
१२) गुल्मेलि समाज समिती
१३) लालीगुराँस सेवा समाज
१४) मोरङसुनसरि सेवा समाज
१५) म्याग्दी उद्धार समिती
१६) मिथिला सेवा समाज
१७) प्रवाशी नेपाली युवा समाज तथा बचत कोश
१८) पर्वत सेवा समाज
१९) लुम्बिनी समाज नेपाल,कुवेत
रहेका थिए।
सो दशैं विशेष कार्यक्रममा उपस्थित सम्पुर्ण पाहुनाहरुलाई नेपालीहरुको आमा रुक्मणी सुवेदीले टिकाजमरा ग्रहणको लागि लगाएर आशिर्वाद दिनुभएको थियो।यसपटकको टिकाग्रहण कार्यक्रममा बहराइनको महिला पत्रकारले पनि टीका लगाएर आशिर्वाद लिनु भयो।सोहि अवसरमा पाहुनाहरुलाई दिवाभोजको व्यवस्था गरेको थियो।
कार्यक्रमको बिच बिचमा विभिन्न गायनको साथै नाँचहरु प्रस्तुत गरिएको थियो।भने सो कार्यक्रममा यश पटक गुल्मी अर्घाखाँची मा श्री भगवती देवि मन्दिर बाट निकालेर नचाहिने नाच सराए पनि अर्घाखाँची,गुल्मी जिल्ला बासिले नाचेर देखाउन सफल भएका थिए भने सो नाचले छुट्टै रोमाञ्च लिएर उपस्थिति प्राय दर्शक नाचेर साथ दिएका थिए।भने सो नाचले नेपाल को दसैको झल्को लिएको थियो।भने यश पाली बहराइनमा १९ वटा सस्थाले बहराइन कार्यरत नेपालीलाई एकता नै बल हो भन्ने सकारात्मक सन्देश दिएको उपस्थिति केही दर्शक बताउने गर्छ्न भने नेपालीहरुले आयोजना गरेको बहराइनको कार्यक्रममा इतिहासमा पहिलोपटक सबैभन्दा धेरै मिडियाहरुले नेपाली,अंग्रेजी,अरबिक,मलेलम को उपस्थिति देखिएको थियो।
सो कार्यक्रम बाट उपस्थिति दर्शक हरुको भनाइ बिदेशमा आएर सबै नेपालीका बिच थुप्रो सङ सस्था संगठनको मिलेमतोमा यसरी दशै मनाउन पाउँदा उपस्थित दर्शक सबै खुशियाली देखिन्थे।